बुधबार, कार्तिक २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

भलिबलमा 'डच' प्रशिक्षकको प्रभाव

बुधबार, साउन १, २०७६गिता राई
भलिबलमा 'डच' प्रशिक्षकको प्रभाव
Classic Tech Internet Ad

काठमाडौं । स्थान, लगनखेलस्थित आर्मीको शारिरिक तथा तालिक केन्द्र ।

राष्ट्रिय पुरुष भलिबल टिमका १८ खेलाडीलाई दुई टिममा बाडिएको छ । एकातिर बसेर प्रशिक्षक हान एबिङ खेलाडीलाई निर्देशन दिईरहेका छन् ।
सोमबार दिउँसो आर्मी कभर्डहलभित्र छिर्दै गर्दा पहिलो नजरनै खेलाडीको रोमान्चक खेलमा पुग्यो । प्रतिस्पर्धा हेर्दा कुनै प्रतियोगिताको उपाधि भिडन्त भन्दा कम लाग्दैन थियो ।

तर, खेलाडी कुनै उपाधि भिडन्तको प्रतिस्पर्धामा नभएर एक बिशेष प्रतियोगिताको तयारी गरिरहेका थिए ।

प्रतियोगिता अर्थात एभीसी सेन्ट्रल जोन भलिबलको ।

जुन प्रतियोगिता नेपालले पहिलो पटक आयोजना गर्दैछ, जो साउन मसान्तबाट सुरु हुदैछ ।

सोमबार दिउँसो प्रशिक्षणमा व्यस्त सबै खेलाडी पसिनाले निथ्रुक्क भिजेका थिए । दैनिक कभर्डहलमा प्रशिक्षणमा आउनु अनि कडा मेहनत गर्नु खेलाडीको नियमित दिनचर्या बनेको छ ।

खेलाडीहरु प्रशिक्षणमा मग्न थिए । उनीहरुको खेलप्रतिको लगाब गज्जबको देखिन्यो । उनीहरु विपक्षीमाथि उत्तिकै निर्मम तरिकाले प्रहार गर्थे ।
सबै खेलाडी आफुलाई प्रमाणित गर्न हर सम्भव मेहनत गरिरहेका थिए ।

केही बेरमा प्रशिक्षण सकियो । खेलाडीहरु वामअर्पमा लागे ।

सबै खेलाडीलाई प्रशिक्षक एबिङले एक ठाउँमा भेला पारेर प्रशिक्षणको ब्रिफिङ गरे । केही मिनेटमा प्रशिक्षकले दिनको अभ्यास सकिएको जानकारी दिए ।

अनि नजर कप्तान इमराना मगरसंग मोडियो ।

उनकै कप्तानीमा पछिल्लो समय राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा नेपाली टिमले प्रतिनिधित्व गरिरहेको छ । उनकै नेतृत्वमा नेपालले एसियन गेम्समा उत्कृष्ट प्रर्दशन गर्दै एसियाली वरियता प्राप्त गर्न सफल भएको थियो ।

उनले सुरुमै तयारी निकै जोडतोडको साथ चलिरहेको बताए ।

प्रतियोगिता घरेलु मैदानमै हुने भएकाले खेलाडी समेत निकै उत्साहीत रहेको उनले सुनाए ।

‘टिमका सबै खेलाडीले आफ्नो क्षमता अनुसारको अभ्यास गरिरहेका छन् ।’ उनले भने ।

‘टोलीको बढी समस्या रिसिभिङमा हो । अभ्यासको क्रममा त्यसमै बढी केन्द्रित भएर प्रशिक्षण गरिरहेका छौ ।’ उनले थपे ।

कप्तान इमले डच प्रशिक्षक एबिङको समेत खुलेर प्रशंसा गरे ।

‘नेदरल्याण्डबाट हामीलाई प्रशिक्षण गराउन आउनुभएको छ । उता पनि धेरै राम्रो टिमलाई प्रशिक्षण गराउनु भएको रहेछ । कमी कमजोरीलाई सुधार गर्दै लैजानुभएको छ ।’ प्रशिक्षकबारे इम भन्छन् ।

‘यसअघिका प्रशिक्षक युवा हुनुहुन्थ्यो । तर अहिलेको प्रशिक्षक निकै परिपक्क हुनुहुन्छ । साना कमजोरीलाई समेत औल्याउनुहुन्छ ।‘ एबिङको प्रशिक्षणबारे इमले भने, ‘अरु प्रशिक्षक समुहमा राखेर गल्ती सुधार्ने कोशिश गर्छन् । उहाँ एक्लै राखेर खेलाडीको कमजोरी सुधार गर्न खोज्नु हुन्छ । यसले खेलाडीको प्रर्दशन सुधारमा सहयोग पुग्छ ।’

एभीसी सेन्ट्रल जोन पुरुष सिनियर भलिबल प्रतियोगितामा नेपाली टिम तयार गर्न डच प्रशिक्षक हान एबिङ काठमाडौं आएका हुन् । उनलाई अन्तराष्ट्रिय भलिबल महासंघ (एफआईभीभी) ले प्रशिक्षण दिन नेपाल पठाएको हो ।

उनको सबै खर्च एफआईभीभीले ब्यहोर्नेछ । नेपाली टिमले अन्तराष्ट्रिय स्तरमा सफल प्रशिक्षकसंग बसेर भलिबलको कला तिखार्ने मौका पाएको छ ।

कप्तान इम नयाँ प्रशिक्षकको खेल अनुभवबाट निकै प्रभावित छन् ।

सबै प्रशिक्षकले सिकाउने तरिका एउटै भएपनि उमेरले परिपक्क बनेका प्रशिक्षकसंग धेरै अनुभव हुने उनको कथन छ ।

‘खेलाडीमा आएको साना समस्यालाई पनि गहिरिएर सिकाउने प्रशिक्षकको बानी छ ।’ इमले खुलाए ।

‘खेलाडीमा आएको सानो समस्यालाई पनि प्रशिक्षकले सिकाईरहनु हुन्छ । खेलाडीलाई व्यक्तिगत रुपमा सिकाउनु हुन्छ ।’ उनले भने, ‘यत्तिको राम्रो प्रशिक्षक धेरै समय पाएमा नेपाली भलिबल धेरै राम्रो हुने थियो ।’

एभीसी सेन्ट्रल जोनको प्रशिक्षणमा रहेको नेपाली टिमको तयारीलाई आसन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको तयारीको रुपमा समेत लिईएको छ ।

‘सागका लागि केही राम्रो होला भन्ने आश छ । अहिले सुविधा पनि बढेको छ । पुरस्कार पनि बढेको छ । यसले गर्दा खेलबाटै राम्रो भविष्य बनाउन सकिने अवस्था छ ।’ राष्ट्रिय टोलीको प्रशिक्षणमा व्यस्त रहेका स्पाइकर कुलबहादुर थापा (हरि) ले भने ।

यस्तै हरिले नेपालको प्रर्दशनलाई निखार ल्याउन हरेक महिना अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल हुन आवश्यक रहेको बताए ।

‘मैत्रीपूर्ण खेलबाट हाम्रो स्तर जाँच हुन्छ । यसले गर्दा खेलमा सुधार हुँदै जान्छ । त्यसैले मैत्रीपूर्ण खेल खेलाडीलाई एकदम आवश्यक छ ।’ उनले थपे ।

 

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल फाइनलमा

नेपाल फाइनलमा

नेपालको पहिलो जित

नेपालको पहिलो जित

Bajaj Pulsar Motorcycle Ad
कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि