काठमाडौं । नेपालमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि नेपालले दोस्रो चरणमा १८ सदस्सीय टिम छनोट गरेको छ ।
प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट नेपालले गत शुक्रबार १८ खेलाडी छनोट गरेको हो । नेपाली टोलीका मुख्य प्रशिक्षक नेदरल्याण्ड्सका हान एबिङले दोस्रो चरणमा १८ खेलाडी छनोट गरेका हुन् । बन्द प्रशिक्षणबाट ७ खेलाडी बाहिरिएका छन् ।
बन्द प्रशिक्षणबाट बाहिरिनेमा लिब्रो भिम गाहा, ब्याकका रविन चन्द, लिफ्टर सुजन चोखाल, ओपन स्पाइकरमा योगेन्द्र गुरुङ र दुर्गा बिक रहेका छन् । यस्तै क्विकरमा भैरव बम र सुरेन्द्र बम रहेका छन् ।
भैरव यसअघि नेपाली टोलीका नियमित सदस्य रहेका थिए । सुरेन्द्रले पनि राष्ट्रिय टोलीबाट खेलिसकेका छन् ।
एसियन भलिबल संघको संयोजनमा आयोजना हुने सेन्ट्रल जोनमा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता साउन ३२ देखि भदौ ८ गतेसम्म संचालन हुनेछ ।
१८ सदसीय नेपाली टिम :
ईम बहादुर राना मगर, कुलबहादुर थापा,द्वारिका थापा, दिपक राज जोशी,धनबहादुर भट्ट,विशाल विक,राजेन्द्र विष्ट, टेकराज अवस्थी, सारान समरी,हरिबहादुर अधिकारी,दुर्गा खड्का,नरेन्द्र गिरी,राजु शेरचन, इश्वर थापा मगर,राजकुमार निरौला,हरिहजुर थापा,दुर्गा महतो,विनोद बहादुर चन्द