काठमाडौं । ११ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता अन्तर्गत भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको छ ।
छात्रमा गण्डकीले प्रदेश १ तथा प्रदेश ४ ले प्रदेश ७ विरुद्ध खेल्ने छन् । त्यस्तै छात्राको सेमिफाइनल गण्डकी र प्रदेश ७ तथा प्रदेश ५ र प्रदेश १ बीच हुनेछ ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले प्रतियोगितामा समावेश विभिन्न ६ खेलका प्रशिक्षकलाई खेल सामाग्री हस्तान्तरण गरी उद्घाटन गरे ।
सो अवसरमा आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले आठौं राष्ट्रिय खेलकुदका कारण राष्ट्रपति रनिङ सिल्ड असारमा गर्नु परेको बताउदै अबदेखि राष्ट्रपति रनिङ सिल्ड अनुकुल समयमा आयोजना गरिने प्रतिबद्धता जनाए ।
केन्द्रीयस्तरको यो प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डीमा प्रतिस्पर्धा भइरहेको छ ।