काभा महिला भलिबल : पुलिसको टोली बुधबार माल्दिभ्स प्रस्थान गर्ने
काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने विभागीय टोली नेपाल पुलिस क्लबको टोलीलाई बिदाइ गरिएको छ। आठौं एनभीए राष्ट्रिय भलिबल लिगको विजेताका रूपमा पुलिसले च्याम्पियनसिपमा सहभागिता जनाउन लागेको हो। पुलिसले एभरेस्ट भलिबल क्लबलाई पाँचौं सेटमा पराजित गर्दै उपाधि जितेको थियो।















