पेनाल्टीमा चुक्दा पोल्याण्डसँग स्पेनको बराबरी
शनिबार राति भएको समूह चरणको दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको हो ।
शनिबार राति भएको समूह चरणको दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको हो ।
सेभियामा जारी खेलको पहिलो हाफ सकिदा स्पेनले १-० गोलको अग्रता बनाएको छ ।
म्युनिखमा शनिबार राति भएको खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
जर्मनीको म्युनिखमा जारी खेलको पहिलो हाफ सकिदा पोर्चुगलमाथि जर्मनीले २-१ गोलको अग्रता बनाएको छ ।
हंगेरीको बुडापेस्टमा शनिबार भएको खेलमा फ्रान्सले हंगेरीसँग १-१ गोलको बराबरी खेलेको हो ।
हंगेरीको पुस्कास एरिनामा जारी खेलको पहिलो हाफ सकिदा फ्रान्सविरुद्ध हंगेरीले १-० गोलको अग्रता बनाएको छ ।
स्पेन र पोल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । समूह 'ई’ को स्पेन पहिलो जित निकाल्ने योजनामा रहेको छ । स्पेन १ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।
आज पोर्चुगल लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्ने योजनामा रहनेछ । पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो । पोर्चुगल ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।
आज फ्रान्स लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १–० गोल अन्तरले हराएको थियो । फ्रान्स ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।
समूह 'एफ' मा रहेको फ्रान्स आज लगातार दोस्रो जित निकाल्ने योजना सहित मैदान उत्रनेछ ।
युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ । समूह 'एफ' मा रहेको दुई टिमबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
वेम्बली स्टेडियममा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले स्कटल्याण्डसँग गोलरहित बराबरी खेलेको हो ।