काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको आयोजना र काभ्रेपलाञ्चोक जिल्ला खेलकुद विकास समितिको समन्वयमा बनेपा नगरपालिकामा दुई दिने राष्ट्रपति खेलकुदमा महिला सहभागिता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।
'महिला शसक्तिकरणका लागि हाम्रो संकल्प खेलकुद महिला सहभागिता उत्तम विकल्प' भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा काभ्रेका विभिन्न विधालयका १३३ जना विद्यार्थीको सहभागीता रहेको थियो ।
कार्यक्रममा नेपाल मार्सल आर्ट हाप्किडो संघका प्रशिक्षक तथा सामाजिक अभियन्ता पद्मा खयरगोलीले आत्मरक्षा सम्बन्धी सैद्धान्तिक प्रस्तुतीकरणको साथ साथै प्राविधिक तालिम दिएका थिए ।
बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिंह बाडे श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै श्रेष्ठले मुलुकमा बढ्दै गएको महिला हिंसा तथा विभिन्न सिरिञ्ज आतंकबारे समयमै सचेत हुनु आग्रहसहित हिंसात्मक घटनाहरुको विरुद्ध राष्टपति खेलकुद अभियानले विद्यार्थीमा जागरुकता, सक्षमता आउने आउने कुरा बताए ।