काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल कुस्ती संघ पुनर्गठन गरेको छ । अस्तित्वमा रहेका दुई कमिटीलाई भंग गर्दै राखेपले संघलाई पुनर्गठन गरेको हो ।
राखेपले पुनर्गठन गरेको संघको अध्यक्षमा राज माहेम्मद मिया अन्सारी रहेका छन् । १६ सदसीय संघको वरिष्ठ उपाध्यक्षमा समिम मिया अन्सारी, उपाध्यक्षमा राम गौचन ठाकुर, मनोहर राइमाझी र बसन्त भण्डारी रहेका छन् ।
संघको महासचिवमा रिता कोइराला, सचिबमा साहिल अन्सारी, कोषाध्यक्ष जफरुल्ला मिया मन्सुरी रहेका छन् ।
यस्तै सदस्यमा ललन प्रसाद यादव, जिनत अन्सारी, डा. पर्मचन्द्र सेन, सानु लामा, निसार अहमद खान, जुनेद इद्रिसी, सलामत राइन, नन्दलाल यादब रहेका छन् ।
राखेपले असार ९ गते गरेको निर्णयबाट संघ पुनर्गठन गरिएको हो ।
यसअघि कुस्ती संघ दुई कमिटीमा रहेको थियो । नारायणदेव राणाको अध्यक्षमा रहेको संघलाई राखेपको मान्यता थियो । यस्तै राजमोहन अन्सारी नेतृत्वको संघलाई नेपाल ओलम्पिक कमिटीले मान्यता दिएको थियो ।