काठमाडौं । नेपाली खेलकुदकै प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत चारवटा विधातर्फको मनोनयन सार्वजनिक भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार वर्षको उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो ।
मञ्चले गठन गरेको खेलाडी छनोट समितिले सार्वजनिक गरेको वर्षको उत्कृष्ट महिला खेलाडी विधामा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ र तेक्वान्दोकी निमा गुरुङ रहेका छन् ।
मनोनयनमा पर्ने खेलाडी तथा प्रशिक्षकको विजेता घोषणा कमलादीस्थित प्रज्ञा भवनमा असार १७ गते आयोजना हुने अवार्ड कार्यक्रममै गरिनेछ ।
मनोनयनमा पर्ने पाँच खेलाडीले बिस् २०७५ सालमा के के सफलता पाए ? उनीहरुले देशका लागि कस्तो योगदान गरे ?
खेलाडीको नाम र सफलतासहित :
सावित्रा भण्डारी (फुटबल)
–घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सानदार प्रदर्शन ।
–भारतमा भएको अन्तर्राष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान ।
–महिला साफ च्याम्प्यिनसिपमा उपविजेता सहित सर्वाधिक गोलकर्ता बन्न सफल ।
–महिला फुटबल लिग २०७५ की सर्वोत्कृष्ट र सर्वाधिक गोल गर्ने खेलाडी ।
–प्रधान सेनापति कपमा उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्ता ।
–नेपाललाई पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गराउन मुख्य भूमिका (पहिलो राउन्ड पार) ।
सरस्वती चौधरी (भलिबल)
–शेरबहादुर खड्का स्मृति कप विजेता र उत्कृष्ट खेलाडी ।
–प्रथम सभामुख कप, रोल्पामा पहिलो र उत्कृष्ट खेलाडी ।
–आरबिबी–एनभिए लिग, काठमाडौं पहिलो र उत्कृष्ट खेलाडी ।
–तिज महोत्सव, राष्ट्रिय भबिल पोखरा, पहिलो र उत्कृष्ट खेलाडी ।
–आदीआवादी लिग, काठमाडौं दोस्रो ।
–२२औं राष्ट्रिय महिला भलिबल, बाग्लुङ पहिलो र उत्कृष्ट खेलाडी ।
–दोस्रो न्युडायमण्ड कप, काठमाडौं पहिलो र उत्कृष्ट खेलाडी ।
–दोस्रो सभामुख कप, पोखरा पहिलो र उत्कृष्ट खेलाडी ।
–ढोरपाटनकप, काठमाडौं पहिलो र उत्कृष्ट खेलाडी ।
–दिदी बहिनी कप पहिलो र उत्कृष्ट खेलाडी ।
–आइजिपि कप, काठमाडौं पहिलो ।
सिता रानामगर (क्रिकेट)
–घरेलु र नेपाली महिला क्रिकेटले गतबर्ष खेलेको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा अलराउण्ड प्रदर्शन ।
–थाइल्याण्डमा भएको उमेन्स टी–२० स्म्यासमा नेपालबाट सर्वाधिक रन बनाउने खेलाडी ।
–पाँच खेलबाट कूल १ सय ३८ रन । प्रतियोगितामा सर्वाधिक रन बटुल्ने चौथो खेलाडी ।
–टी–२० स्म्यासमा तीन विकेट लिन सफल ।
–थाइल्याण्डमै सम्पन्न आईसीसी उमेन्स टी–२० वल्र्डकप एसिया रिजन क्वालिफायरमा कूल आठ विकेट र ब्याटिङमा पनि सर्वाधिक ४२ रन सहित ७७ रन जोड्न सफल
नीमा गुरुङ (तेक्वान्दो) :
–युनिभर्सिटी तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक ।
–युनिभर्सिटी तेक्वान्दो च्याम्पियनसिपमा टिम स्पर्धामा पनि रजत ।
–दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा रजत ।
–फुजैरा ओपन तेक्वान्दोमा कास्य पदक ।
–एसियाली खेलकुदमा सहभागी ।
मनिता श्रेष्ठ प्रधान जुडो :
–थाईल्याण्डमा सम्पन्न युनिभर्सिटी जुडो च्याम्पियनसिपकी स्वर्ण विजेता खेलाडी ।
–दक्षिण एसियाली जुडो च्याम्पियनशिपमा कांस्य पदक ।
–दक्षिण एसियाली जुडो च्याम्पियनशिपको टिम स्पर्धामा रजत पदक ।
–एसियन गेम्स र विश्व जुडो च्याम्पियनशिपमा सहभागी ।