एजेन्सी । सन् २०२६ को विन्टर ओलम्पिक र पारालम्पिकको आयोजना ईटालीले गर्ने भएको छ । ईटालीका दुई महत्वपुर्ण शहर मिलान र कोर्टिना प्रतियोगिता आयोजनाका लागि चुनिएका हुन् ।
अन्तराष्ट्रिक ओलम्पिक कमिटिमा भएको मतदानमा ईटालीका दुई शहरले बाजी मारेका हुन् ।
सन् २०२६ को विन्टर ओलम्पिक फेब्रुअरी ६ देखि २२ सम्म चल्नेछ । भने विन्टर पारालम्पिक मार्च ६ देखि १५ सम्म चल्नेछ ।
कोर्टिनाले सन् १९५६ को विन्टर ओलम्पिकको समेत आयोजना गरेको थियो । मतदान भएको ८२ भोटमा मिलान र कोर्टिनाले ४७ मत पाएका थिए ।
स्विडेनले अहिलेसम्म विन्टर ओलम्पिकको आयोजना गर्न पाएको छैन । उनीहरुले ३४ मत प्राप्त गरे । एक भोटमात्र अनुपस्थित रहेको थियो ।
आईओसी अध्यक्ष थोमस बाखले भने, 'मिलान र कोर्टिनलाई बधाई । हामी एक पुरानो शीतकालीन खेलको देशमा एक उत्कृष्ट र टिकाउ ओलम्पिक सीतकालीन खेलका लागि तयार छौ ।'
‘प्रशंसकहरुको ज्ञानको सोख, अनुभव र सञ्चालक मिलेर संसारको सर्वश्रेष्ठ एथलेटिकको सहि माहोल बन्नेछ ।’ उनले थपे ।