काठमाडौं । नेपाल प्रहरीले राष्ट्रिय फुटबल टिमको नक्कली जर्सी बेचबिखन गर्दै आएको गोदाममा छापा हानेको छ ।
महानगरीय अपराध महाशाखा टेकुका एसएसपी सहकुल थापाका अनुसार फुटबल टिमको नक्कली जर्सी बिक्री वितरण गर्दै आएका काठमाडौंका विभिन्न स्थानका कपडा गोदाममा प्रहरीले छापा हानेको हो ।
प्रहरीले राष्ट्रिय फुटबल टिमको नक्कली जर्सी बिक्री बितरणमा संलग्न केही व्यक्तिलाई पक्राउ समेत गरेको छ ।
नेपालको राष्ट्रिय फुटबल टिमको आधिकारिक जर्सी केल्मे नेपालको कामारु टे«डिङ प्रालिले बिक्री वितरण गर्दै आएको थियो ।
अखिल नेपाल फुटबल संघ एन्फाले संघको लोगो प्रयोग गरि अनाधिकृत रुपमा राष्ट्रिय फुटबल टिमको जर्सी बिक्री वितरण नगर्न सचेत गराएको थियो ।
केल्मी नेपालले समेत नक्कली जर्सी बजारमा भेटिदाँ आफ्नो व्यवसायमा ठुलो धक्का पुगेको बताउँदै प्रहरीमा उजुरी गरेको थियो ।
नक्कली जर्सी बजारमा देखिएपनि एन्फा र कामारु ट्रेडिङले प्रमाण भेटेका थिएनन् । अनलाईनबाट नक्कली फुटबल जर्सी वितरण भएको भेटिएपछि दुवैले प्रहरीमा उजुरी गरेका थिए ।
प्रहरीले सुचनाका आधारमा काठमाडौंका कालधारास्थित कपास टिसर्ट बीआरके सप्लायर्समा छापा हानेको छ ।
एएसपी थापाका अनुसार नक्कली जर्सी उत्पादन, बिक्री वितरण हुने काठमाडौंका विभिन्न गोदाममा छापा हान्ने कार्यलाई तिव्र बनाईएको छ ।
'घटनाको बिषयमा अनुसन्धान चल्दैछ । सबै प्रष्ट भईसकेको छैन । परिणाम हेर्दा व्यापाक देखिन्छ । चाँडै सबै बिषय सार्वजनीक गछौ ।' उनले खेलपाटीसंग भने ।