काठमाडौं । पुर्वी नेपालको क्षेत्र इलाममा अखिल नेपाल फुटबलस संघ एन्फाले टेक्निकल सेन्टर निर्माण गर्ने भएको छ । फुटबल संघ एन्फा र सूर्योदय नगरपालिकाबीच एन्फाको प्रशिक्षण केन्द्र र भौतिक पुर्वाधार निर्णाण गर्ने बिषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बुधबार इलामको सुर्याेदय नगरपालिकामा भएको एक कार्यक्रमकाबीच एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र नगरपालिकाका प्रमुख रणबहादुर राईबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार टेक्निकल सेन्टर बनाउन नगरपालिकाले एन्फालाई ५ बर्षको समय दिएको छ ।
टेक्निकल सेन्टरका लागि आवश्यक पर्ने सम्पुर्ण खर्च सुर्योदय नगरपालिकाले उपलब्ध गराउनेछ ।
‘फुटबल संघ र नगरपालिकाबीच सम्झौता भएको छ । अब यस स्थानमा फुटबल मैदान सहितको कम्पाउण्ड बनाईनेछ । चेन्जिङ रुम, भवन निर्माण र हल बनाउन लगायतका बुँदा सम्झौता पत्रमा उल्लेख छ ।’ एन्फाका कार्यसमिति सदस्य निरोज खड्गीले खेलपाटीलाई बताए ।
उनका अनुसार दुबो नभएको मैदानमा वातावरण अनुसारको दुबो रोप्ने काम हुनेछ ।
नगरपालिकाले भवन र पुर्वाधार संरचनाको भोगाधिकार एन्फालाई २० बर्षका लागि निशुल्क उपलब्ध गराएको छ । सम्झौताको समय आजैको मिति देखि लागु हुनेछ ।
सम्झौता अनुसार प्रशिक्षण केन्द्र कर्पोक सेकेन्डरी स्कुलको प्राङ्गणमा बन्नेछ । स्कुलले आफ्ना कार्यक्रम भने टेक्निकल सेन्टरभित्र निशुल्क गर्न पाउने छ । टेक्निकल सेन्टर ७० रोपनी जग्गामा निर्माण हुनेछ ।
यसअघि एन्फाले ग्रासरुट निर्माणका लागि ईलाम जिल्ला फुटबल संघ एन्फालाई १० लाख उपलब्ध गराएको थियो । यस्तै प्रदेश सरकार र नगरपालिकाले पनि १०–१० लाख उपलब्ध गराएको थियो ।