काठमाडौं । राष्ट्रिय टिम तयारीका निर्देशक ध्रुव गुरुङ राष्ट्रिय खेलकुद परिषदबाट अवकाश भएका छन् ।
उमेरहदका कारण गुरुङले परिषदबाट अवकाश पाएका हुन् । राष्ट्रिय खेलकुद परिषदले सोमबार गुरुङलाई औपचारीक रुपमा बिदाई गरेको छ ।
२०५२ सालमा प्रशिक्षकको रुपमा परिषद् प्रवेश गरेको गुरुङ २०६३ सालमा द्वितीय श्रेणीमा पदोन्नती भई मिति २०७५ साल चैत्रमा राष्ट्रिय टिम तयारीको उपनिर्देशक हुनुका साथै २०७३ जेष्ठ १३ गते निर्देशकको रुपमा पदोन्नती भएका थिए । उनले आफ्नो कार्यकालमा विभिन्न जिल्लामा रहि तेक्वान्दो खेलको विकास र विस्तारमा योगदान दिएका थिए ।
गुरुङलाई बिदाई गर्दै राष्ट्रिय खेलकुद परिषदकी बोर्ड सदस्य शान्ति सिंहले यो बिदाई नभई स्वतः अवकाश मात्र भएको भन्दै कार्यालयको कामकाजबाट बिदाई भएता पनि साथिभाई र खेलकुदबाट विदाई नभएको बताईन् ।
यस्तै गुरुङले आफुले परिषदमा रहेर कामकाज गर्दा सवैबाट सहयोग र माया पाएको भन्दै परिषद्बाट बिदा भएता पनि खेलकुदबाट बिदा नहुने बताए ।