काठमाडौं । स्पेनिस महारथी फुटबल क्लब बार्सिलोनाका नेपाली समर्थकको पहिलो भेला काठमाडौंमा आयोजना भएको छ ।
‘एफसी बार्सिलोना फ्यान अफ् नेपाल’ नामक समुहमा क्रियाशिल बार्सिलोनाका समर्थकको भेला शनिबार काठमाडौंमा आयोजना गरिएको हो ।
अनौपचारिक रुपमा समाजिक सञ्चारमा सक्रिय समुहले अब आधिकारिक रुपमा संस्थागत संरचना बनाएर आफ्ना गतिविधि अघि बढाउन भेलाको आयोजना गरेको हो ।
भेलामा नेपाली फुटबल र सामाजिक क्षेत्रमा पु¥याउन सक्ने योगदानको बिषयमा छलफल गरिएको थियो ।
सामाजिक सञ्चालमा सक्रिय समुहले आगामी दिनमा फुटसल र फुटबल क्षेत्रमा केन्द्रित भएर सेवा मुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
“पहिले सामाजिक संञ्जालमा मात्र सक्रिय थियौँ, अब सामाजिक तथा नेपाली फुटबल क्षेत्रमा पनि सक्रिय भएर केही योगदान गर्नेछौँ” समुहका सदस्य कविराज श्रेष्ठले भने ।
काठमाडाै उपत्यकामा रहेका बार्सिलोनाका समर्थकको भेलामा सहभागिता रहेको थियो । साथै भेलाले आगामी सिजन २०१९–२० का लागि केटीएम स्पोर्टस जोनसँग जर्सीका लागि र खेलपाटीसँग मिडिया पाट्नरको रुपमा सम्झौता गरेको छ ।
आगामी सिजन बार्सिलोनाका समर्थकले खेल्ने हरेक खेलमा केटीएम स्पोर्टसले जर्सी उपलब्ध गराउनेछ । र समुहले गर्ने प्रमुख गतिविधिको जानकारी खेलपाटीले बिशेष कभर गर्नेछ ।
‘एफसी बार्सिलोना फ्यान अफ् नेपाल’ मा १ लाख ७५ हजारभन्दा बढी सक्रिय सदस्य रहेका छन् ।