काठमाडौं । अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा नेपालमा एक हप्ते 'ओलम्पिक डे' कार्यक्रमको सुरुवात भएको छ ।
नेपाल ओलम्पिक कमिटि अन्तर्गतको स्पोर्ट्स फर अल कमिसन नेपालले शनिबार एक कार्यक्रमको आयोजना गर्दै ओलम्पिक डेको सुरुवात गरेको हो ।
ओलम्पिक डेको पहिलो दिन साइकल र्याली आयोजना गरिएको छ । एनओसी भवन सातदोबाटोबाट सुरु भएर भृकुटीमण्डप पुगेर सकिएको र्यालीमा १०० सय बढीको सहभागीता रहेको थियो ।
यस्तै र्याली अघि जुम्बा डान्सको प्रदर्शनी समेत गरिएको थियो ।
साइकल र्याली अघि कार्यक्रमको उद्घाटन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य माननीय जीवन राम श्रेष्ठले गरेका थिए ।
कमिसनले ओलम्पिक डेको अवसरमा नेपालमा १ सय १६ वटा कार्यक्रम आयोजना गर्दैछ । कमिसनले यसपटक सात प्रदेशसहित राष्ट्रिय खेलकुद, विभिन्न विधालय, विभागीय क्लब आर्मी, पुलिस र एपीएफमा १ सय १६ वटा कार्यक्रम गरेर मनाउने जनाएको छ ।
ओलम्पिक डे को अन्तिम दिन असार ८ गते लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा विविध कार्यक्रम गरेर समापन गरिने आयोजकले जनाएको छ ।
आधुनिक ओलम्पिक स्थानमा भएको दिनको अवसर पारेर मनाउन थालिएको ओलम्पिक डे जुन २३ (असार ८ ) मा मनाउने गरिन्छ ।
तस्बिर सौजन्य : नोभास डंगोल