काठमाडौं । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा तेश्रो राष्ट्रिय स्केट बोर्ड च्याम्पियनसिप शुक्रबारदेखि सुरु हुने भएको छ ।
प्रतियोगितामा पुरुषमा १ सय तथा महिलामा ५० गरी १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष अच्यूत खनालले जनाएका छन् ।
सिनियर/जुनियर पुरुष तथा महिलामा गरी ४ स्पर्धामा भिडन्तमा हुनेछ ।
शनिबारसम्म चल्ने प्रतियोगिताका खेलहरु ठमेलस्थित काठमाडौं स्केटपार्कमा हुनेछ ।
आ–आफ्नो स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेलाई नगद पुरस्कारको पनि व्यवस्था रहेको आयोजकले जनाएको छ ।