काठमाडौं । प्रथम चामुन्डा अल नेपाल स्नुकर टुर्नामेन्ट २०१९ असारको अन्तिम साता सुरु हुने भएको छ । चामुन्डा स्पाेर्ट्स क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असार २२ गते देखि साउन १ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता चामुन्डा स्नुकर क्लब बौद्ध जोरपाटी नारायणटारमा हुनेछ ।
चामुन्डा अल नेपाल स्नुकरका अध्यक्ष सरोज कुमार रेग्मीले खेलाडीको मनोबल उच्च राख्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिए ।
नेपालमा पहिलो पटक हुन लागेको ठुलो धनराशीको प्रतियोगिताको फाइनल खेल बेस्ट अफ १५ मा खेलाइनेछ ।
प्रतियोगिताको कुल बजेट करिब १५ लाख हुने आयोजकले जनाएको छ ।
यस्तै, ७५ स्कोर ब्रेकरलाई ३० हजार रुपैंयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । सेन्चुरी ब्रेक गर्नेले ५० हजार रुपैंया सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
अघिल्लो वर्ष १ सय २८ खेलाडीले सहभागिता रहेको प्रतियोगितामा यसपटक २ सय ५६ खेलाडीको सहभागीता रहने अध्यक्ष रेग्मीले बताए ।
प्रतियोगिताको विजेताले २ लाख पाउनेछ । उपविजेताले ६५ हजार र तेस्रो हुने खेलाडी दुई जनाले जनही ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार रुपैंया पाउने आयोजकले जनाएको छ ।
यसैगरी प्रतियोगितामा भाग लिने शीर्ष १६ खेलाडीलाई ट्रफी, मेडल र प्रमाण सहित गिफ्टह्याम्पर प्रदान गरिनेछ ।
प्रतियोगिताको फाराम असार १ गतेदेखि १७ गतेसम्म भर्न सकिनेछ ।
प्रतियोगिताको फारामहरु चामुन्डा स्नुकर क्लब बौद्ध, एक्सक्लुसिभ स्नुकर क्लब सुन्धारा, एएक्सएन स्नुकर हाउस ज्याठा र एसीई स्नुकर क्लब सानेपाबाट भर्न सकिनेछ ।