काठमाडौं । एफसी बार्सिलोना फ्यान अफ नेपाललाई केटीएम स्पोर्ट्स जोनले प्रायोजन गर्ने भएको छ । केटीएम स्पोर्ट्सले एक सिजनका लागि बार्सिलोना फ्यान अफ नेपाललाई प्रायोजन गर्न लागेको हो ।
नेपालमा रहेका बार्सा समर्थकको आधिकारिक संस्थालाई केटीएमले एक सिजनका लागि जर्सी लगायतका खेल सामाग्री प्रयोजन गर्नेछ ।
शनिबार एक कार्यक्रमकाबीच सम्झौता पत्रमा औपचारिक रुपमा हस्ताक्षर हुनेछ । प्रायोजनको रकम भने खुलाईएको छैन ।
कार्यक्रममा बार्सिलोना फ्यान अफ नेपालको आगामी बर्षको एजेन्डा सार्वजनिक गर्ने लगायत अन्तरक्रिया कार्यक्रम समेत राखिएको छ ।
काठमाडौंको बसन्तपुर क्षेत्रमा हुने कार्यक्रम बिहान ११ बजे सुरु हुनेछ । कार्यक्रममा उपत्यका भित्रका बार्सिलाेनाका समर्थकहरुले सहभागीता जनाउन सक्ने आयोजकको भनाइ छ ।
नेपाली फुटबल विकासका लागि सहयोगी हुने योजना तथा कार्यन्वयनका बारेमा समेत सो कार्यक्रममा छलफल गरिने आयोजकले जनाएको छ ।