काठमाडौं । मोनास्टिकले दोश्रो कौस्तुभ कप छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
कौस्तुभ एकेडेमीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा मोनास्टिकले वेस्ट ग्रुप भिजनलाई १–० गोलले पराजित गर्यो । सन्तोष श्रेष्ठले निर्णायक गोल गरे । विजेताले २५ हजार तथा उपविजेताले १५ हजार नगद पुरस्कार पाए ।
मोनास्टिकका युवराज अधिकारी ‘प्लेयर अफ द टुर्नामेन्ट’ चुनिए । डिफेन्समा आदेश तामाङ, गोलरक्षकमा रुपेश गज्मेर र प्रशिक्षकमा सरोज लामिछाने उत्कृष्ट बने । तीनै मोनास्टिकका हुन् । त्यस्तै मिडफिल्डमा गणेश थापा तथा स्ट्राइकरमा आयुश खड्गी उत्कृष्ट ठहरिए । दुवै वेस्ट ग्रुपका हुन् । ग्लोबल पब्लिक अनुशासित टिम बन्यो ।
विजेतालाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पेप्सीकोला टाउन प्लानिङको मैदानमा सत्र दिनसम्म चलेको नकआउट प्रतियोगितामा ४६ टिम सहभागी थिए ।