काठमाडौं । आयोजक कौस्तुभ स्कुल दोश्रो कौस्तुभ कप छात्र फुटबल प्रतियोगितामा क्वाटरफाईनल प्रवेश गरेको छ । आयोजक टोलीले न्यू स्टार पोललाई २-१ गोल अन्तरले पराजित गरेको हो । आयोजकका लक्ष्मण गुरुङ्ग म्यान आफ दि म्याच घोषित भए ।
यस्तै अन्य खेलमा ग्लोबल पब्लिक स्कुलले नेपाल तारालाई ४-३ गोलले पराजित गर्यो । ग्लोबलका सुशान्त भण्डारी म्यान अफ दि म्याच भए । यसैगरि विनायक स्कुल भक्तपुर र ईम्युनियल स्कुलले पनि जित हात पारे ।
विनायकले त्रिवेणी सदनलाई ४-१ ले र ईम्युनियलले हाईल्याण्ड स्कुललाई ३-२ गोलले पराजित गरे । विनायकका आयुष बस्नेत र ईम्युनियलका सुशिल तिमल्सिना म्यान अफ दि म्याच भए ।