काठमाडौं । थाइल्याण्ड राजदूतावासको आयोजनामा नेपालमा मुँवा थाई वर्कसप सम्पन्न भएको छ ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा भएको तीनदिने मुँवा सेमिनारमा खेलाडी, प्रशिक्षक र रेफ्री गरी कुल ६० जनाको सहभागिता थियो ।
सहभागीलाई लाना फाइटिङका अन्तर्राष्ट्रिय इन्स्ट्रक्टर वितावात का सोमका नेतृत्वमा रहेका ४ प्रशिक्षकले प्रशिक्षण दिएका थिए ।
सेमिनारमा मुँवा थाई नयाँ नीति नियम, इतिहास धरातल, प्रशिक्षण शैली र विभिन्न प्रकारका टेक्निक्स बारे प्रशिक्षण दिएको राष्ट्रिय मुवाँथाइ संघ नेपालका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिए ।
सहभागीलाई सांसद अमृता थापाले एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गरिन् ।