एजेन्सी । फर्मुला वानको तीन पटकको विश्व च्याम्पियन निकी लाउडाको निधन भएको छ । अष्ट्रियाका लिजेण्ड फर्मुला वान राइडर लाउडाको ७० वर्षको उमेरमा मंगलबार निधन भएको हो ।
निकीले फेरारी टिमबाट सन् १९७५ र १९७७ मा फर्मुला वानको विश्व च्याम्पियन बनेका थिए । यस्तै सन् १९८४ मा निकी म्याकलरेन टिमबाट च्याम्पियन बनेका थिए ।
सन् १९७६ को जर्मन ग्राण्ड प्रिक्सको रेस क्रममा निकी दुर्घटनामा परेका थिए । दुर्घटनामा उनको अनुहार र हातहरु जलेका थिए । तर, दुर्घटनामा परेको ६ हप्तापछि रेसमा फर्कदै उनले दुई पटक विश्व च्याम्पियनको उपाधि जितेका थिए ।
मृगौलाको प्रत्यारोपण गरेका लिजेण्ड निकी पछिल्लो समय इनफ्लुएन्जाबाट पीडित थिए । गत जनवरीमा उनले १० दिन अस्पतालमा बिताएका थिए ।