काठमाडौं । जापानमा आयोजना हुने रग्वी विश्व कपलाई मध्यनजर गर्दै नेपाल रग्वी संघले दुई महिने रग्वी महोत्सव आयोजना गर्ने भएको छ ।
महोत्वस शनिबारदेखि भक्तपुरको ठिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा सुरु हुने रग्वी संघका अध्यक्ष टंकलाल घिसिङले जनाए ।
त्यस अवधिमा रग्वी र्याली, विद्यालयस्तरीय टच रग्वी प्रतियोगिता, यु–१६ रग्वी सेभेन्स प्रतियोगिता, अन्तर क्लब रग्वी सेभेन्स प्रतियोगिता, रग्वी फ्यान्स क्लब एक्टिभेसन, रग्वी संघ र अस्ट्रेलिया दूतावासबीच मैत्रीपूर्ण खेल हुने बताईएको छ ।