काठमाडौं । पहिलो संस्करणको काठमाडौं मेयर कप उमेर समूह बुद्धिचाल प्रतियोगिता शुक्रबारबाट सुरु हुने भएको छ ।
आयोजक काठमाडौं महानगरपालिका वडा नम्बर २४ ले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ ३ देखि ५ गतेसम्म आयोजना हुने जनाएको छ ।
मखन चेस क्लबको व्यवस्थापनमा हुने प्रतियोगितामा यू-१२ तर्फ छात्र र छात्रा तर्फ प्रतिस्पर्धा हुनेछ भने यू-१६ तर्फ छात्र र छात्रा एउटै समूहमा समावेश गरेर खेलाइने आयोजकले जनाएको छ।
२४ औं महानगर दिवसको अवसरमा हुन लागेको प्रतियोगिता स्वीस लिग सेभेन राउण्ड अनुसार संचालन हुने वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी गराए ।
प्रतियोगितामा तीननै समूहको विजेताले नगद ३० हजार हात पार्नेछन् । यस्तै उपविसजेताले १५ र तेस्रो हुनेले १० हजार प्राप्त गर्नेछन् ।