काठमाडौं। ललितपुरले दोश्रो राष्ट्रिय पुरुष बेसबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
धोबीघाटको मल पोखरीमा भएको फाइनलमा ललितपुरले एपीएफलाई १५–१४ को साँघुरो अन्तरले पराजित गर्यो ।
नेपाल सफ्ट बल तथा बेसबल संघद्वारा आयोजित प्रतियोगितामा पोखराले तेश्रो स्थानमा चित्त बुझायो । पोखराले गोर्खा क्रुउलाई ७–१ ले हरायो ।
ललितपुरका ईश्वर केसी उत्कृष्ट खेलाडी घोषित भए । तीनदिने प्रतियोगितामा ५ टिम सहभागी थिए ।