पोखरा । पाँचौ सस्करणको इक्विस्ट्रियनको हाइजम्प इभेन्टमा नेपाली सेनाका जगदिश घिसिङले नयाँ राष्ट्रिय कृतिमान स्थापित गरेका छन ।
पोखरा फेवाताल किनारमा रहेको बाराही घाट खेल मैदानमा आयोजित प्रतियोगितामा घिसिङको घोडा ‘सम्मोहन’ले लामो समय देखि स्थापित हाइजम्पतर्फ पुरानो रेकर्ड ५ फिट ५ इन्चलाई भंग गर्दै नयाँ राष्ट्रिय रेकर्ड बनाएका हुन ।
उनले नयाँ राष्ट्रिय कृतिमान स्थापित गर्दै ५ फिट ९ इन्चको नयाँ रेकर्ड बनाएका छन् ।
स्वर्ण पदक बिजेता घिसिङले यसका लागि नेपाली सेनाकै जमदार राजेन्द्र थापा र करण चौधरीसङ अन्तिम प्रतिस्पर्धा गरेका थिए ।
अन्तिम स्पर्धामा सो स्पर्धामा रजत पदक विजेता राजेन्द्र ५ फिट ७ इन्च र काश्य पदक विजेता करण भने पुरानै रेकर्ड ५ फिट ५ इन्चमा रोकिन पुगे ।
विजेताले प्रमाणपत्रका साथमा क्रमश नगद २०, १५ र १० हजार समेत प्राप्त गरे ।
प्रतियोगिताको सोजोन इभेन्टतर्फ नेपाली सेनाका ओम प्रकाश यादव स्वर्ण पदक जित्न सफल भए ।
यस्तै, टेण्ट पेगिङ्ग तर्फको इभेन्टमा नेपाली सेनाका प्राविधिक सुबेदार गोबिन्द बहादुर खडकाले स्वर्ण पदक जिते ।
स्थानिय घोडा दौड ‘पोनी रेस’ तर्फ राज अधिकारीले स्वर्ण पदक हात पारे ।