काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजनामा हुने चौथो पोखरा स्पोर्टस अवार्ड जेठ २४ गते हुने भएको छ । बुधबार बसेको मञ्चको बैठकले जेठ २४ गते शुक्रबार पोखरा सभागृहमा अवार्ड गर्ने निर्णय गरेको हो ।
बैठकले अवार्डका तयारीका लागि अध्यक्ष एकराज गिरी संयोजकत्वको मूल आयोजक सहित १२ वटा उपसमिति गठन गरेको छ ।
सल्लाहकार उपसमिति संयोजकमा रामकृष्ण ज्ञवाली, आर्थिक व्यवस्थापनमा शशीकुमार पौडेल, प्रचारप्रसारमा विजय नेपाल, सांस्कृतिकमा सुशील नेपाली, खाजा÷खानामा रोशन अधिकारी, मञ्च तथा हल व्यवस्थापनमा मन क्षत्री रहेका छन् ।
यस्तै, फोटोग्राफी÷भिडियोग्राफीमा उमेश पुन, स्वयंसेवकमा अर्जुन गिरी, प्रमाणपत्र तथा ट्रफी व्यवस्थापनमा रञ्जन अधिकारी, चिठीपत्र तथा व्यानर व्यवस्थापनमा राजाराम पौडेल, अतिथि सत्कारमा कविता घर्तीमगर र वैदेशिक समन्वयमा केशव पाठक संयोजक चयन भएका छन् ।
सल्लाहकार उपसमितिमा भने मञ्चका सल्लाहकार तथा पत्रकारसम्बद्ध विभिन्न संघसंगठनका अध्यक्ष स्वतः सदस्य रहनेछन् भने मञ्चका सबै ५१ सदस्य मूल आयोजक समिति सदस्य रहनेछन् ।
‘समृद्धिका लागि खेलकुद’ नाराका साथ हुने सो अवार्डमा विभिन्न सात विधामा अवार्ड वितरण गरिनेछ ।