बाँके । बाँकेको खजुरामा मिनि रंगशाला निर्माणको काम सुरु भएको छ । खजुरा गाउँपालिका वडा ४ मा रहेको खेल मैदानमा रंगशाला निर्माणको पहिलो चरणको काम शुरु भएको हो ।
खजुरा गाउँपालिका र प्रदेश सरकारको बजेटमा रंगशाला निर्माणको काम सुरु भएको रंगशाला निर्माण उपभोक्ता समितिको संयोजक टाेपबहादुर खत्रीले बताए ।
रंगशालाका लागि गाउँपालिका र प्रदेश सरकारले करिब ४५ लाख बजेट सुरुवाती चरणमा छुट्याएको छ ।
वडाध्यक्ष तिलकविर सुनारले आवश्यकतालाई हेरेर मिनि रंगशाला निर्माण कामलाई अघि बढाउन लागिएको बताए ।
खजुरालाई फुटबलको रुपमा चिनिने भएकाले यस क्षेत्रका लागि रंगशाला आवश्यक देखिएको वडाध्यक्ष सुनारले उल्लेख गरे ।
सुरुवाती चरणमा मैदानको प्याराफिट निर्माणको काम सुरु भएको छ ।
१४६ फिटको प्याराफिट तिन स्टेपको ५ फुट हाइटको हुने छ ।
प्याराफिट निर्माणको कामसंगै मैदानमा माटो पटानको काम समेत संगै भईरहेको उपभोक्ता समितिका कोषाध्यक्ष सन्तोष श्रेष्ठले बताए ।
असारको १५ सम्म प्याराफिट निर्माणको काम सम्पन्न गर्ने तयारी छ ।