बाँके । गण्डक प्रदेशलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको झण्डा हस्तान्तरण गरिएको छ ।
नेपालगञ्ज रंगशालामा बुधबार भएको समापन समारोहमा राखेप सदस्य सचिव केशवकुमार विष्टले गण्डक प्रदेशका खेलुकद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठलाइ नवौंं संस्करणको प्रतियोगिता आयोजनाको झण्डा हस्तान्तरण गरेका थिए ।
बुधबारनै बसेको राखेपको बोर्ड बैठकले गण्डक प्रदेशमा नवौं राष्ट्रिय खेलकुदको आयोजना गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार गण्डक प्रदेशमा २०७७ साल फागुन २० देखी २७ गतेसम्म नवौं संस्करणको प्रतियोगिताको आयोजना हुनेछ ।
तत्कालिन पश्चिमाञ्चलले दोस्रो संस्करणको वृहत राष्ट्रिय खेलकुद आयोजनाको अवसर पाएको थियो ।