काठमाडौं । प्रदेश पाँचमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च सात वटै प्रदेशको परिक्रमा गराईने भएको छ ।
नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले मंगलबार पत्रकार सम्मेलन गर्दै आठौंको ओलम्पिक टर्च सात प्रदेश लगिने जनाएको छ ।
संघले आठौंको ओलम्पिक टर्चको परिक्रमा बिहिबारबाट सुरु हुने जनाएको छ । ओलम्पिक टर्चको सुरुवात पुर्व एथलेटिक्स खेलाडी तथा ओलम्पियन जित बहादुर केसीले गर्ने छन् ।
सातै प्रदेशको परिक्रमापछि ओलम्पिक टर्च बैशाख ४ गते नेपालगंज ल्याइने छ ।
संघले सार्वजनिक गरेको टर्च परिक्रमा तालिका अनुसार चैत २८ गते काठमाडौंबाट ओलम्पिक टर्च प्रदेश १ को विराटनगर लगिने छ ।
ओलम्पिक टर्च परिक्रमा १४ ओलम्पियन खेलाडी रहने छन् । जसमा जित बहादुर केसी, हरिबहादुर रोकाय,सुरेन्द्र हमाल पुष्प राज ओझा, डम्बर कुवर, दिपक बिष्ट,बिष्णु बहादुर सिंह , डम्बर दत्त भट्ट , संगिना बैद्य, बिमला रानागर ,पार्वती थापा, मेनुका रावत,अनिता श्रेष्ठ ,कमल बहादुर अधिकारी रहने छन् ।
काठमाडौंबाट सुरु हुने ओलम्पिक टर्च चैत २९ गते प्रदेश २ को धनुषा, चैत ३० गते प्रदेश ३ हेटौडा र चितवन पुग्नेछ ।
बैशाख १ गते प्रदेश ४ को पोखरा, २ गते प्रदेश ५ बुटवल र लुम्बिनी, ३ गते प्रदेश ७ धनगढी पुग्ने छ ।
ओलम्पिक टर्च बैशाख ४ गते नै प्रतियोगिता आयोजना स्थल प्रदेश ५ गते ल्याइने छ ।
प्रतियोगिताको उद्घाटन बैशाख ५ गते नेपालगंज रंगशालामा हुनेछ । उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट गरिने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।