साइक्लिङ बाँकेको गाभर चिसापानीमा हुने
सोमबार, २५ चैत्र २०७५खेलपाटी संवाददाता
काठमाडौं । आठौँ वृहत राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङ खेल बाँकेका गाभर चिसापानीमा हुने भएको छ ।
प्रतियोगिताका लागि खेल मैदान निर्माण तीव्र गतिमा भइरहेको बाँके जिल्ला साइक्लिङ संघका अध्यक्ष राजकुमार विसीले बताएका छन् ।
उनले दुई दिनमा खेल्ने मैदान तयार भइसक्ने बताउँदै प्रतियोगिताका लागि अन्य तयारी पनि तीव गतिमा भइरहेको अघि बढेको दाबी गरे ।
उनका अनुसार खेलाडीले ३२ किलोमिटर दुरीमा साइकल चलाउनु पर्ने हुन्छ ।
प्रतियोगितामा सहभागी खेलाडीले उकालो र आरोलामा साइकल चलाउनु पर्ने हुन्छ ।
‘बाँकेको अन्य ठाउँ खेल स्थल पाइएन, त्यसैले गाभर चिसापानीलाई रोज्यौँ ।’ उनले भने ।
गाभरमा हुने साइक्लिङ प्रतियोगितालाई पर्यटन प्रबर्दनका रुपमा समेत लिइएको छ ।
प्रतियोगिता बैशाख १ देखि ४ गतेसम्म सञ्चालन हुनेछ ।






-1776523830982.png&w=3840&q=75)
-1776414121120.jpeg&w=3840&q=75)

-1776931409919.jpeg&w=3840&q=75)






