तेस्रो एशेज टेस्ट खेल्ने अस्ट्रेलियाको टोली घोषणा

काठमाडौं। डिसेम्बर १७ मा एडिलेडमा हुने तेस्रो एशेज टेस्टको एक हप्ता अगाडि अस्ट्रेलियाले आफ्नो टोली घोषणा गरेको छ।
क्रिकेट अस्ट्रेलिया (सीए) ले बुधबार एडिलेड टेस्टका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको हो। चोटपटकको समस्या भोगिरहेका उस्मान ख्वाजा र नाथन लियोनले पनि टोलीमा आफ्नो स्थान कायम राखेका छन्।
जुलाईमा वेस्ट इन्डिजविरुद्धको टेस्टको क्रममा ढाडमा चोट लागेपछि कमिन्स मैदान बाहिर छन्। ३२ वर्षीय तीब्र गतिका बलर पाँच महिनाको अनुपस्थितिपछि मैदानमा फर्कदैछन्।
आयोजक अस्ट्रेलियाले सुरुका दुई खेल जितेर जारी एशेजमा अग्रता लिएको छ। यदि एडिलेड टेस्ट जित्यो भने दुई खेल बाँकी रहँदा शृङ्खला सुरक्षित गर्नेछ।
तेस्रो टेस्टको लागि अस्ट्रेलियाली टोली
प्याट कमिन्स (कप्तान), स्कट बोलान्ड, एलेक्स केरी, ब्रेन्डन डगेट, क्यामरुन ग्रिन, ट्राभिस हेड, जोश इङ्ग्लिस, उस्मान ख्वाजा, मार्नस लाबुस्चेन, नाथन लियोन, माइकल नेसर, स्टिभ स्मिथ, मिचेल स्टार्क, ज्याक वेदरल्ड र ब्यू वेबस्टर।







-1765288879802.jpeg&w=3840&q=75)




-1765245125273.webp&w=3840&q=75)