शनिबार, १२ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

‘स्लट, राजीनामा देऊ!’

शुक्रबार, १४ कार्तिक २०८२खेलपाटी संवाददाता
‘स्लट, राजीनामा देऊ!’
Classic Tech Internet Ad

काठमाडौं। कराबाओ कपबाट लिभरपुल लज्जाजनक रूपमा बाहिरिएको छ। एन्फिल्डमा क्रिस्टल प्यालेसले बुधबार राति लिग च्याम्पियन लिभरपुललाई ३–० गोलले हराउँदै सहजै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्‍यो।

गत शनिबार ब्रेन्टफोर्डविरुद्धको हारपछि प्रशिक्षक आर्ने स्लटले पहिलो रोजाइमा १० वटा परिवर्तन गरेका थिए। तर, उनको नयाँ र युवा टोली उडन्त फर्ममा रहेको प्यालेसका अगाडि टिक्नै सकेन। अपेक्षाकृत कमजोर प्रदर्शनपछि समर्थकहरूले स्लटमाथि खुलेर आक्रोश पोखेका छन्।

शनिबारको ब्रेन्टफोर्डविरुद्धको खेलबाट मिलोस केरकेज मात्र टोलीमा रहेका थिए। बाँकी स्थानमा नयाँ अनुहारहरू आएका थिए। क्रिस्टल प्यालेसविरुद्धको खेलमा लिभरपुलको रक्षापंक्तिमा थिए- क्याल्भिन रामसे, वाटारु एन्डो, जो गोमेज, एन्डी रोबर्टसन र केरकेज। गोलपोस्टमा भने फ्रेडी उडम्यानले सम्हालेका थिए।

मध्यपंक्तिमा कियरान मोरिसन, रियो एंगुमोहा, एलेक्सिस म्याक एलिस्टर र युवा ट्रे नियोनी थिए। आक्रमणमा एक्लै जिम्मेवारी सम्हालेका थिए, फेडेरिको कियेसाले। स्लटले बेञ्चमा पनि कुनै अनुभवी खेलाडी राखेनन्। मोहम्मद सालाह, भर्जिल भान डाइक वा अलेक्जान्डर इसाकमध्ये कोही पनि टोलीमा थिएनन्।

खेलको सुरुदेखि नै लिभरपुल संघर्षरत देखियो। पहिलो हाफको अन्त्यतिर इस्माइला सारले दुई छिटो गोल गर्दै पाहुनालाई २–० को अग्रता दिलाए। दोस्रो हाफमा येरिमी पिनोले थप एक गोल गर्दै ३–० को फराकिलो जित सुनिश्चित गरे। झन्डै १२ मिनेटमै लिभरपुलका डिफेन्डर अमारा नालोले रातो कार्ड खाँदै मैदान छाड्नुपर्‍यो।

म्याचअघि स्काई स्पोर्ट्सलाई दिएको अन्तर्वार्तामा प्रशिक्षक स्लटले आफ्नो निर्णयको बचाउ गर्दै भनेका थिए,‘हामी यो प्रतियोगिता प्रायः युवा खेलाडीहरूलाई मौका दिन प्रयोग गर्छौं। उनीहरूलाई ६० हजार दर्शकको अगाडि आफ्नै मैदानमा खेल्ने अनुभव दिलाउने हाम्रो उद्देश्य हो।’

उनले थपे,‘हाम्रो केही खेलाडी घाइते छन्, त्यसैले उही खेलाडीहरूलाई बारम्बार मैदानमा उतार्नु जोखिमपूर्ण छ। हामीले धेरै खेल हारेका छौं, तर कारण स्पष्ट छ छोटो अन्तरालमै लगातार खेल्नु।’

तर, समर्थकहरूले यी कारणहरू स्वीकार गरेनन्। सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा उनीहरूले तीव्र प्रतिक्रिया जनाए। एकजनाले लेखे,‘आर्ने स्लटलाई जति आलोचना हुँदैछ, त्यो सब योग्य हो। उनले क्लबप्रतिको समझ गुमाएका छन्। ६१ हजार टिकट किनेका समर्थकको अगाडि यस्तो टोली उतार्नु हास्यास्पद हो।’

अर्को पोष्टमा लेखिएको थियो,‘जो समर्थक एन्फिल्ड पुगे, सबैलाई टिकट र यात्राको पैसा फिर्ता गर्नुपर्छ। टिममा कुनै स्टार खेलाडी छैन, ३–० ले हार, प्रशिक्षकमा कुनै लड्ने मनोबल छैन।’

तेस्रो व्यक्तिले लेखे,‘यो लिभरपुल इतिहासकै सबैभन्दा खराब समय हो। आर्ने स्लट ठग हुन्।’ अर्को प्रतिक्रियामा १८ पटक लेखिएको थियो,‘स्लट, राजीनामा देऊ!’

यस हारसँगै लिभरपुलले पछिल्ला सात खेलमध्ये ६ खेल गुमाइसकेको छ। एक मात्र सान्त्वना भनेको आइन्स्ट्राख्ट फ्रान्कफर्टमाथिको ५–१ को जित हो।

अब स्लट र लिभरपुलका लागि चुनौती झन् कठिन हुँदै गएको छ। शनिबार एस्टन भिल्लासँग भिड्नेछन्, त्यसपछि च्याम्पियन्स लिगमा रियल मड्रिडलाई एन्फिल्डमा आतिथ्य दिनेछन्।

उक्त खेलमा उनीहरूको सामना सम्भवतः पूर्वसहखेलाडी ट्रेन्ट अलेक्जान्डर–आर्नोल्डसँग हुनेछ।

अन्तर्राष्ट्रिय ब्रेकअघि लिभरपुलको अन्तिम खेल म्यानचेस्टर सिटीसँग हुनेछ। प्रिमियर लिगमा लगातार चार हारपछि स्लटको टोली अहिले शीर्ष स्थानमा रहेको आर्सेनलभन्दा सात अंकले पछाडि छ र प्रतिस्पर्धी म्यानचेस्टर युनाइटेडभन्दा पनि तलको स्थानमा पुगेको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एपीएफको जितमा समीरको ह्याट्रिक

एपीएफको जितमा समीरको ह्याट्रिक

मुम्बई सिटीबाट लगानी फिर्ता लिँदै म्यानचेस्टर सिटी ग्रुप

मुम्बई सिटीबाट लगानी फिर्ता लिँदै म्यानचेस्टर सिटी ग्रुप

घाइते खेलाडी फर्किंदै, उपाधि दौडमा मजबुत बन्ने अपेक्षामा सिटी

घाइते खेलाडी फर्किंदै, उपाधि दौडमा मजबुत बन्ने अपेक्षामा सिटी

Bajaj Pulsar Motorcycle Ad
रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

एपीएफको जितमा समीरको ह्याट्रिक

एपीएफको जितमा समीरको ह्याट्रिक

पाकिस्तानी खेलाडीसम्मिलित रुकुम पश्चिमको रवाफिलो जित

पाकिस्तानी खेलाडीसम्मिलित रुकुम पश्चिमको रवाफिलो जित

मुम्बई सिटीबाट लगानी फिर्ता लिँदै म्यानचेस्टर सिटी ग्रुप

मुम्बई सिटीबाट लगानी फिर्ता लिँदै म्यानचेस्टर सिटी ग्रुप

 १५ वर्षपछि अस्ट्रेलियामा इङ्ल्यान्डको जित

१५ वर्षपछि अस्ट्रेलियामा इङ्ल्यान्डको जित

कोशीले आर्मीलाई सकेन

कोशीले आर्मीलाई सकेन

घाइते खेलाडी फर्किंदै, उपाधि दौडमा मजबुत बन्ने अपेक्षामा सिटी

घाइते खेलाडी फर्किंदै, उपाधि दौडमा मजबुत बन्ने अपेक्षामा सिटी

एपीएफसामु मधेश स्तब्ध !

एपीएफसामु मधेश स्तब्ध !