यु १६ टोलीमा रोनाल्डोका छोराको डेब्यु
शुक्रबार, कार्तिक १५, २०८२खेलपाटी संवाददाता

काठमाडौं। क्रिस्टियानो रोनाल्डोका जेठा छोरा क्रिस्टियानो डोस सान्टोस (क्रिस्टियानिन्हो) ले बिहीबार पोर्चुगलको १६ वर्षमुनिको राष्ट्रिय टोलीका लागि आफ्नो पहिलो खेल खेलेका छन्।
१५ वर्षका क्रिस्टियानिन्होले टर्कीमा भइरहेको फेडरेसन्स कप प्रतियोगितामा घरेलु टोलीविरुद्धको खेलको ९०औं मिनेटमा मैदान प्रवेश गरेका थिए। उक्त खेलमा पोर्चुगलले २–० को जित दर्ता गरेको थियो।
यी किशोर खेलाडी हाल साउदी अरबको क्लब अल–नासरको युवा एकेडेमीमा खेल्छन्। उनका पिता क्रिस्टियानो रोनाल्डो पनि यही खेलिरहेका छन्। क्रिस्टियानिन्होलाई यसअघि पोर्चुगलको १५ वर्षमुनिको टोलीका लागि पनि बोलाइएको थियो।
फेडरेसन्स कपमा पोर्चुगलको १६ वर्षमुनिको टोलीले अब वेल्स र इङ्ग्ल्यान्डविरुद्ध खेल्नेछ।








-1761874303153.webp&w=3840&q=75)



copy-1761474438174-1761833912550.avif&w=3840&q=75)