चोटपटकले नेपोलीलाई रोक्न सकेन
-1761705403613.webp&w=3840&q=75)
काठमाडौं। नेपोलीले लगातार चोटपटकको समस्याबीच पनि सिरी ‘ए’ मा आफ्नो शीर्ष स्थान मजबुत बनाएको छ।
मंगलबार भएको खेलमा नेपोलीले लेच्चेलाई १–० ले पराजित गर्दै तालिकाको अग्रस्थानमा तीन अंकको स्पष्ट अग्रता लिएको हो। नेपोलीका स्टार मिडफिल्डर केभिन डे ब्रुइने गम्भीर थाइ चोटका कारण टिमबाट बाहिरिएका छन्। उनी सम्भवतः फेब्रुअरीसम्म फर्किन नसक्ने अनुमान गरिएको छ।
शनिबार इन्टर मिलानविरुद्धको ३–१ को जितमा उनी घाइते भएका थिए। मंगलबारको खेलमा फ्राङ्क आङ्गुइस्साले निर्णायक गोल गरे। लेच्चेलाई अग्रता लिन सुनौलो मौका मिल्दा पनि उनीहरू सफल हुन सकेनन्।
फ्रान्चेस्को कामार्डाको पेनाल्टी नेपोलीका गोलकिपर भान्या मिलिन्कोभिच–साभिचले रोकेका थिए। लेच्चेले दोस्रो हाफको सुरुआतमा पेनाल्टी पाएको थियो।
भिडियो समीक्षा (भीएआर) पछि नेपोलीका डिफेन्डर जुआन जिससले हातले बल छोएको ठहर गर्दै पेनाल्टी दिइएको थियो। तर, सर्भियाली गोलरक्षक मिलिन्कोभिच–साभिचले फेरि आफ्नो क्षमता देखाए। उनीले पछिल्ला नौ पेनाल्टीमध्ये पाँच बचाएका छन्।
१७ वर्षीय कामार्डले पेनाल्टी मिस गरेपछि निराश हुँदै ७०औं मिनेटमा बेन्चमा रोइरहेको देखिएको थियो।
त्यो घटनापछि केही क्षणमै नेपोलीले अग्रता लियो। डेभिड नेरेसको फ्री–किकमा आङ्गुइस्साले हेडिङ गर्दै बललाई टप कर्नरमा पठाए।
जितसँगै नेपोली तीन अंकले रोमा भन्दा अघि पुगेको छ। रोमाले बुधबार पार्मालाई आमन्त्रण गर्दैछ। त्यस्तै, एसी मिलानले एटलान्टासँग १–१ को बराबरी खेलेर रोमासँग अंक बराबरी गरेको छ। मिलान र रोमा आइतबार आमनेसामने हुनेछन्।
लेच्चे भने हाल रेलेगेशन जोनभन्दा दुई अंक मात्र माथि छ।







-1761730672592.jpg&w=3840&q=75)

copy-1761474438174-1761732681780.avif&w=3840&q=75)

-1761707860126.webp&w=3840&q=75)
