किङ्स कपको अन्तिम १६ बाट बाहिरियो अल–नासर

काठमाडौं। किङ्स कपको अन्तिम १६ मा क्रिस्टियानो रोनाल्डोको अल–नासर र करिम बेन्जेमाको अल–इत्तिहाद आमनेसामने भएका थिए।
खेलभरि दबाब सिर्जना गरे पनि अन्ततः अल नासर २–१ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो हाफमै तीनवटै गोल भएका थिए।
१५औं मिनेटमा मिडफिल्डबाट मुसा डियाबीले दिएको पासमा कप्तान बेन्जेमाले गोल गर्दै अल–इत्तिहादलाई अग्रता दिलाए। तर, अल–नासरले धेरै ढिलो नगरी खेल बराबरी गर्यो।
३०औं मिनेटमा रोनाल्डोले बाँया तर्फबाट दिएको पास डिबक्सभित्र पाउँदै एन्जेलोले गोल गरे। तर, पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा हुसेम आउआरले गोल गर्दै इत्तिहादलाई फेरि अग्रता दिलाए।
दोस्रो हाफको सुरुआतमै अल–इत्तिहादका अहमद अल–जुलैदान रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। त्यसपछि उनीहरूलाई बाँकी समय १० जना खेलाडीले खेल्नुपर्यो।
यद्यपि, संख्यात्मक रूपमा कम भए पनि अल नासरले गोल फर्काउन सकेन। ५४औं मिनेटमा रोनाल्डोले गोल गर्ने राम्रो मौका पाए तर अफसाइडमा परे।
७५औं मिनेटमा उनको फ्री–किक बारमाथि गयो। अन्तिमसम्म कुनै गोल गर्न नसक्दा अल नासर किङ्स कपबाट बाहिरियो।







-1761730672592.jpg&w=3840&q=75)

copy-1761474438174-1761732681780.avif&w=3840&q=75)

-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)