हालान्डको गोल श्रृंखला समाप्त
आइतबार, ०९ कार्तिक २०८२खेलपाटी संवाददाता

काठमाडौं। एर्लिङ हालान्डको गोल श्रृंखला आइतबार समाप्त भएको छ।
म्यानचेस्टर सिटी करिब दुई महिनापछि पहिलोपटक पराजित भएसँगै उनको गोलको शृंखला पनि रोकिएको हो। एस्टन भिल्लासँग सिटी १–० ले पराजित भएको हो।
यस हारसँगै आर्सनलले प्रिमियर लिगमा आफ्नो अग्रता चार अंकले फराकिलो बनाएको छ। भिल्लाका राइट–ब्याक म्याटी क्यासले १९औं मिनेटमा गरेको शक्तिशाली प्रहार नै निर्णायक बन्यो।
यो सिटीको ३१ अगस्टपछि पहिलो हार हो। यससँगै हालान्डको क्लब र देशका लागि लगातार १२ खेलमा गोल गर्ने सिलसिला पनि टुंगिएको छ। उनले ९०औं मिनेटमा बल जालभित्र पठाए पनि अफसाइडको कारण गोल अस्वीकार गरियो।













