आइतबार, कार्तिक १०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

पुरानो लयमा फर्किन खोज्दै युनाइटेड

आइतबार, कार्तिक १०, २०८२खेलपाटी संवाददाता
पुरानो लयमा फर्किन खोज्दै युनाइटेड
Classic Tech Internet Ad

काठमाडौं। के म्यानचेस्टर युनाइटेड आफ्नो पुरानो लयमा फर्किएको हो? अहिले नै यसो भन्नु अतिरञ्जना हुनेछ।

तर, युनाइटेडले जे गरिरहेको छ त्यसैले अब पुरानो लयमा फर्किन खोज्दैछ भन्ने सन्देश चाहिँ दिएको छ। यो टोलीले पछिल्लो समय आफ्ना समर्थकहरूलाई फेरि आशावादी बनाएको छ।

सिजनको सुरुआतदेखि नै हारसँग संघर्ष गरिरहेको रेड डेभिल्सले लगातार तीन खेल जित्नु पक्कै पनि असामान्य होइन। टोलीको प्रदर्शन प्रशिक्षक रुबेन अमोरिमका लागि राहत हो, जो केही दिन अघि आफ्नो जागिर गुमाउने खतरामा थिए।

शनिबार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेलमा युनाइटेडले ब्राइटनलाई ४–२ ले पराजित गर्दै लगातार तेस्रो जित हात पार्‍यो। खेलमा युनाइटेडका लागि ब्रायन एमब्यूमोले दुई गोल गरे भने माथियस कुन्हा र कासेमिरोले एक–एक गोल गरे।

ब्राइटनका लागि ड्यानी वेलबेक र १८ वर्षे ग्रिक स्ट्राइकर चारालाम्पोस कोस्तोउलासले गोल गरे। गत सिजनमा यही ब्राइटनविरुद्ध दुईवटै खेलमा हारेको युनाइटेडका लागि यो जित विशेष छ।

९ खेलपछि १६ अंकसहित युनाइटेड लिग तालिकाको चौथो स्थानमा पुगेको छ। त्यस्तै, ब्राइटन १२ अंकसहित १३औं स्थानमा छ। पहिलो हाफमा युनाइटेडले बल पोजेसनमा पछि रहे पनि आक्रमणमा उत्कृष्ट प्रदर्शन गर्‍यो।

खेलको २४औं मिनेटमा कासेमिरोको पासमा माथियस कुन्हाले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। यो उनको युनाइटेड करिअरको पहिलो गोल हो। त्यसपछि १० मिनेटमै कासेमिरोको बाहिरबाट हानेको बल डिफेन्डरको शरीरमा लागेर दिशान्तर भई जालमा पुग्दा युनाइटेड २–० ले अघि बढ्यो।

६१औं मिनेटमा बिन्यामिन सिस्कोको पास समात्दै ब्रायन एमब्यूमोले नजिकको पोस्टतिर सट हानेर गोल गरे। यो उनको लगातार दोस्रो खेलमा गोल हो। त्यसपछि ७४औं मिनेटमा ब्राइटनका ड्यानी वेलबेकले करिब २२ यार्ड टाढाबाट शक्तिशाली प्रहारमा गोल फर्काए।

इन्जुरी समयमा ब्राइटनले थप दबाब बढायो र दोस्रो मिनेटमा जेम्स मिल्नरको कार्नरमा १८ वर्षे कोस्तोउलासले हेड गर्दै गोल गरे। खेल ३–२ हुँदा बराबरीको सम्भावना बलियो भएको थियो। तर, चार मिनेटपछि नै एम्ब्यूमोले एडेन् हेभेनको उत्कृष्ट थ्रु–बलमा व्यक्तिगत दोस्रो र टिमका लागि चौथो गोल गरे।

यस जितसँगै युनाइटेडले लगातार तेस्रो जित निकालेको छ। गत हप्ताको लिभरपुलमाथिको जितपछि प्रशिक्षक आमोरिमका लागि ठूलो राहतको नतिजा बनेको छ। टिम अहिले पुनः आफ्नो पुरानो लयमा फर्कने संकेत दिँदै प्रिमियर लिग शीर्ष चारमा स्थिर भएको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घाइते बार्सिलोना !

घाइते बार्सिलोना !

अर्जेन्टिनाले अंगोलासँग मैत्रीपूर्ण खेल खेल्ने

अर्जेन्टिनाले अंगोलासँग मैत्रीपूर्ण खेल खेल्ने

कीर्तिमानी हाकिमी

कीर्तिमानी हाकिमी

Bajaj Pulsar Motorcycle Ad
नेपाललाई २६३ रनको लक्ष्य

नेपाललाई २६३ रनको लक्ष्य

काभा कपको फाइनल होडबाट बाहिरियो नेपाल

काभा कपको फाइनल होडबाट बाहिरियो नेपाल

घाइते बार्सिलोना !

घाइते बार्सिलोना !

अर्जेन्टिनाले अंगोलासँग मैत्रीपूर्ण खेल खेल्ने

अर्जेन्टिनाले अंगोलासँग मैत्रीपूर्ण खेल खेल्ने

पुरानो लयमा फर्किन खोज्दै युनाइटेड

पुरानो लयमा फर्किन खोज्दै युनाइटेड

कीर्तिमानी हाकिमी

कीर्तिमानी हाकिमी

अझै रोकिएन लिभरपुलको खराब लय

अझै रोकिएन लिभरपुलको खराब लय

रोनाल्डोले पुर्‍याए ९५०औं गोल

रोनाल्डोले पुर्‍याए ९५०औं गोल