बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने
-1761130437587.jpg&w=3840&q=75)
काठमाडौं। बंगलादेशका महिला फुटबल खेलाडीहरूको सम्झौता अब दुई महिना थपिने भएको छ।
बंगलादेश फुटबल फेडरेसन (बीएफएफ) ले ३१ अक्टोबरमा सकिँदै गरेको महिला राष्ट्रिय टोलीका खेलाडीहरूसँगको सम्झौतामा नयाँ निर्णय गर्दै डिसेम्बरसम्म लम्ब्याउने तयारी गरेको छ।
यस नयाँ सम्झौतामा टोलीमा नखेलेका तथा विवादमा परेका खेलाडीहरू पनि समावेश हुने भएका छन्, जसमा कप्तान साबिना खातुनसमेत रहेकी छन्।
बीएफएफका अनुसार यसअघि फेब्रुअरीमा पहिलो चरणमा ३६ जना खेलाडीलाई औपचारिक सम्झौतामा ल्याइएको थियो। पछि आन्तरिक असन्तोष र‘विद्रोह’ मा संलग्न १८ खेलाडी पनि सो सम्झौतामा समेटिँदा कुल ५४ जना महिला फुटबलर सम्झौता प्रणालीमा आएका थिए। यसको अवधि ३१ अक्टोबरमा सकिँदै थियो।
तर, हालैको निर्णय अनुसार नयाँ सम्झौता नोभेम्बर र डिसेम्बर महिनासम्मका लागि विस्तार गरिएको छ। यस अवधिमा ती खेलाडीहरूलाई नियमित भत्ता र अन्य सुविधाहरू निरन्तर दिइनेछ।