बुधबार, कार्तिक ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

टप–क्लास टोली पीएसजी

बुधबार, कार्तिक ६, २०८२खेलपाटी संवाददाता
 टप–क्लास टोली पीएसजी
Classic Tech Internet Ad

काठमाडौं। पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगमा आफ्नो अपराजित यात्रा जारी राखेको छ। मंगलबार सम्पन्न खेलमा बायर लेभरकुजेनलाई ७–२ ले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको हो।

उत्कृष्ट आक्रामक प्रदर्शन गरेको डिफेन्डिङ च्याम्पियनले पहिलो हाफमै खेलको नियन्त्रण आफ्नो पक्षमा ल्याएको थियो। डेसिरे डोएले दुई गोल गरे भने विलियन पाचो, ख्विचा क्वारात्सखेलिया, नुनो मेन्डेस, उस्मान डेम्बेले र भिटिन्हाले पनि गोल थपे।

सातौं मिनेटमै पाचोले नुनो मेन्डेसको आकर्षक क्रसमा हेडर गर्दै गोल गरे र पीएसजीलाई अग्रता दिलाए। तर, १६औं मिनेटमा लेभरकुजेनलाई पेनाल्टी दिइयो। इलिया जबार्नीले क्लाउडियो एचेभेरीलाई फल गरेका थिए। तर, कप्तान आलेखान्द्रो ग्रिमाल्डोको शट पोस्टमा ठोक्कियो।

त्यसपछि खेलको गतिलाई निर्णायक मोड दिँदै भीएआरले लेभरकुजेनका कप्तान रोबर्ट आन्द्रिचलाई डोएलाई कुहिनो हानेको कारण पहेंलो कार्डबाट रातोमा परिवर्तन गर्‍यो।

तर, पीएसजीको संख्यात्मक लाभ लामो समय टिकेन। पाँच मिनेटमै जबार्नीले क्रिश्चियन कोफानेलाई बक्सभित्र तानेपछि उनी पनि सिधा रातो कार्ड खाँदै मैदानबाट बाहिरिए।

त्यो क्षणमा घरेलु दर्शक खुसी भए। त्यही मौकामा आलेइक्स गार्सियाले पेनाल्टी गोल गर्दै स्कोर बराबरीमा ल्याएका थिए। तर, त्यो खुसी क्षणिक मात्र रह्यो।

पाँच मिनेटको अन्तरालमा डोएले सटसटिएको फिनिशमार्फत गोल गरे। क्वारात्सखेलियाको पहिलो–टाइम स्ट्राइक दुईवटै पोस्ट ठोकेर भित्र गयो र त्यसपछि डोएले काउन्टर–अट्याकमा लो–कर्लिङ गोल गर्दै आफ्नो दोस्रो व्यक्तिगत गोल पूरा गरे।

दोस्रो हाफ पनि त्यही लयमा सुरु भयो। भिटिन्हाले लेभरकुजेनका मिडफिल्ड चिरेर मेन्डेसलाई पास दिए, जसले नजिकको पोस्टमा गोल गरे।

त्यसपछि गार्सियाले ३० यार्ड टाढाबाट सनसनीपूर्ण गोल गर्दै स्कोर ६–२ मा पुर्‍याए। घाइते अवस्थाबाट फर्किएका डेम्बेलेले मैदानमा प्रवेश गरेको तीन मिनेटमै ब्याकपोस्टमा सजिलो ट्याप–इन गर्दै आफ्नो पुनरागमनलाई गोलले सम्झिए।

९०औं मिनेटमा भिटिन्हाले लो–सटमार्फत अन्तिम गोल गर्दै पीएजीको जितलाई ७–२ मा पूर्ण गरे। यद्यपि घरेलु लिग लिग १ मा पीएसजी हाल संघर्षरत छ। पछिल्ला चार खेलमध्ये एक जित दर्ता गर्दै शीर्ष स्थान मर्सेइलाई सुम्पिएको छ।

तर, युरोपेली मञ्चमा उनीहरूको लय अझै बलियो देखिएको छ। यो जितसँगै तीन खेलबाट ९ अंक पुर्‍याएको पीएसजीले चोटपटक र घरेलु दबाबबीच पनि युरोपमा अझै टप–क्लास टोलीका रूपमा आफूलाई उभिएका छन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

फेरि चल्यो हालान्डको गोल मसिन !

फेरि चल्यो हालान्डको गोल मसिन !

Bajaj Pulsar Motorcycle Ad
हसी भन्छन्- पहिले नै डेब्यू गरेको भए सचिनलाई पनि उछिन्थें

हसी भन्छन्- पहिले नै डेब्यू गरेको भए सचिनलाई पनि उछिन्थें

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

कामना लगातार तीन खेलमा ‘प्लेयर अफ द म्याच’, नैफारू सेमिफाइनलनजिक

कामना लगातार तीन खेलमा ‘प्लेयर अफ द म्याच’, नैफारू सेमिफाइनलनजिक

फेरि चल्यो हालान्डको गोल मसिन !

फेरि चल्यो हालान्डको गोल मसिन !

च्याम्पियन्स लिगमा पनि उस्तै लयमा आर्सनल

च्याम्पियन्स लिगमा पनि उस्तै लयमा आर्सनल

 टप–क्लास टोली पीएसजी

टप–क्लास टोली पीएसजी