डेढ महिनापछि मैदान फर्किँदै डेम्बेले
मंगलबार, कार्तिक ५, २०८२खेलपाटी संवाददाता
-1761014820911.webp&w=3840&q=75)
काठमाडौं। बालोन डि’ओर विजेता उस्मान डेम्बेले करिब डेढ महिनाको अन्तरालपछि पुनः टोलीमा फर्किएका छन्।
ह्यामस्ट्रिङ चोटका कारण खेल्न नसकेका डेम्बेलेलाई पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले मंगलबार हुने च्याम्पियन्स लिग खेलका लागि बायर लेभरकुसेनविरुद्धको टोलीमा समावेश गरेको छ।
पीएसजीका कप्तान मार्किन्होस पनि करिब केही हप्तासम्म बाँया तीघ्राको चोटका कारण बाहिर रहेका थिए। तर, उनी पनि यस खेलबाट पुनरागमन गर्दैछन्।
डेम्बेलेले गत सेप्टेम्बर ५ मा युक्रेनविरुद्ध फ्रान्सका लागि विश्वकप छनोट खेल्दा २–० को जितमा योगदान दिएपछि चोट बेहोरेका थिए।
गत सिजनको उपाधि विजेता पीएसजीले प्रतियोगिताको लिग चरणका दुई खेलमा जित निकाल्दै उत्कृष्ट सुरुआत गरिसकेको छ।