गोलमा मेसी र रोनाल्डोभन्दा अघि छन् हाल्यान्ड

काठमाडौं। नर्वे स्ट्राइकर एर्लिङ हाल्यान्डले अन्तर्राष्ट्रिय फुटबलमा फेरि एक ऐतिहासिक उपलब्धि कायम गरेका छन्। शनिबार राति सम्पन्न विश्वकप छनोट खेलमा इजरायलविरुद्ध ५-० को विजयी प्रदर्शनमा हाल्यान्डले ह्याट्रिक गर्दै आफ्नो नाम इतिहासमा लेखाएका हुन्।
खेलको पहिलो हाफमा हाल्यान्डले २७औं मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाए। बाँकी दुई गोल आत्मघाती भए पनि खेलको नतिजा नर्वेको पक्षमा रह्यो। तर, सबैभन्दा ठूलो चर्चा हल्यान्डको व्यक्तिगत उपलब्धि हो।
हाल्यान्डले ४६ अन्तर्राष्ट्रिय खेलमै ५० गोल पूरा गरेका छन्। योसँगै उनलाई सबैभन्दा छिटो ५० गोल गर्ने अन्तर्राष्ट्रिय खेलाडीको रूपमा विश्व फुटबलमा स्थान दिलाएको छ।
यसअघि इङ्ल्यान्डका ह्यारी केनले ५० गोल पूरा गर्न ७१ खेल खेलेका थिए। ब्राजिलका नेयमार जुनियरलाई ५० गोल पूरा गर्न ७४ खेल लागेको थियो।
चिरप्रतिद्वन्द्वी लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोको तुलनामा पनि हाल्यान्डको उपलब्धि प्रभावशाली देखिन्छ। मेसीले ५० गोल गर्न १०७ खेल खेलेका थिए। रोनाल्डोलाई त ११४ खेल खेल्नुपरेको थियो।
हालको उपलब्धिले स्पष्ट गर्छ हाल्यान्ड विश्व फुटबलमा गोल गर्ने क्षमतामा सबैभन्दा तीव्र प्रगति गरिरहेका खेलाडीमध्ये एक हुन्। उनका प्रदर्शनले नर्वेलाई विश्वकप छनोटमा मात्र होइन, अन्तर्राष्ट्रिय फुटबलमा पनि नयाँ उचाइमा पुर्याइरहेको छ।