स्वदेश फर्किँदै नेपाली फुटबल टोली
बिहिबार, असोज ३०, २०८२खेलपाटी संवाददाता

काठमाडौं। एएफसी एसियन कप छनोट २०२७ खेल्न भियतानम पुगेकीनेपाली राष्ट्रिय फुटबल टिम बिहीबार स्वदेश फर्किने भएको छ।
नेपाली टोली दुई लेग खेल्न भियतनाम पुगेको थियो। तर, दुवै खेलमा नेपाल पराजित मात्रै भएन प्रतियोगिताबाट पनि बाहिरिएको छ।
समूह ‘एफ’ को पहिलो लेगमा पनि भियतनामले नेपाललाई ३–१ ले हराएको थियो। सोमबार राति भएको दोस्रो लेगमा घरेलु टोली भियतनामसँग १–० ले पराजित भएको थियो। पहिलो खेलदेखि नै संघर्षरत नेपाली टोलीले अहिलेसम्म समूह चरणका सबै खेल गुमाएको छ। जसमा दुई गोल गर्दा आठ गोल खाएको छ।
यससँगै नेपाल अंकविहीन अवस्थामा समूहको पुछारमा यथावत् छ। भियतनामले भने ९ अंक जोड्दै दोस्रो स्थानमा छ। मलेसिया शतप्रतिशत जित निकाल्दै १२ अंकसहित शीर्ष स्थानमा छ। लाओस ३ अंकका साथ तेस्रो स्थानमा छ।