ए डिभिजन क्लबहरूसँगको एन्फाको बैठक स्थगित
आइतबार, असोज २६, २०८२Admin User

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार बोलाइएको ए डिभिजन क्लबहरूसँगको बैठक स्थगित गरेको छ।
एन्फाका सहायक महासचिव यामबहादुर भट्टराईले एन्फा र ए डिभिजन क्लबबीच हुने भनिएको बैठक स्थगित गरिएको जानकारी दिएका हुन्।
आवश्यक तयारी पूरा नभएकाले आजको बैठक स्थगित गरिएको एन्फाले जनाएको छ। बैठक स्थगितबारे क्लबहरूलाई आधिकारिक जानकारी दिइसकिएको छ।
उक्त बैठकमा एन्फा, मछिन्द्र फुटबल क्लब, संकटा क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, मनाङ मर्श्याङ्दी क्लब, हिमालयन शेर्पा क्लब, फ्रेन्ड्स क्लब, जावलाखेल युथ क्लब, नयाँ बस्ती युथ क्लब, शताब्दी युवा क्लब, शाइन रिज युनाइटेड क्लब र त्रिभुवन बिविटी क्लबका प्रतिनिधिहरू सहभागी हुने तय गरिएको थियो।
बैठकको नयाँ मिति एन्फाले पछि सार्वजनिक गर्ने जनाएको छ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

