बिहिबार, कार्तिक ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

फेरि मेसीको 'डबल' गोल, एक असिस्ट

आइतबार, असोज २६, २०८२Admin User
फेरि मेसीको 'डबल' गोल, एक असिस्ट
Classic Tech Internet Ad

काठमाडौं। इन्टर मियामीका कप्तान लिओनल मेसीले दुई गोल र एक असिस्ट गर्दै आइतबार बिहान एटलान्टा युनाइटेडमाथि ४–० को फराकिलो जित दिलाएका छन्। यस जितसँगै इन्टर मियामीले प्लेअफको पहिलो चरणका लागि होम–फिल्ड एडभान्टेज सुनिश्चित गरेको छ।

खेलको ३९औं मिनेटमा बाल्तासार रोड्रिग्वेजको पासमा मेसीले पहिलो गोल गर्दै मियामीलाई अग्रता दिलाए। त्यसपछि दोस्रो हाफ सुरु भएको सात मिनेटमै जोर्डी आल्बाले दोस्रो गोल गरे।

३६ वर्षीय स्पेनी डिफेन्डर आल्बाले यसअघि नै सिजनको अन्त्यसँगै सन्न्यास लिने घोषणा गरेका छन्। क्लबले उनको अन्तिम घरेलु खेलमा बिदाई समारोहको आयोजना पनि गर्‍यो। मेसीले आल्बाको गोलमा असिस्ट दिँदै आफ्नो १८औं असिस्ट पूरा गरे। योसँगै उनले सान डिएगो एफसीका एन्डर्स ड्रेयरसँग लिगको असिस्ट सूचीमा बराबरीमा गरेका छन्।

६१औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै स्कोरलाई ३–० पुर्‍याए। त्यसपछि खेलको ८१औं मिनेटमा आल्बाको पासमा मेसीले दोस्रोपटक जाली चुमाउँदै स्कोरलाई ४–० बनाए। यो मेसीको सिजनको २६औं गोल हो, जसले उनलाई लस एन्जलस एफसीका डेनिस बुआङ्गा भन्दा दुई गोल र न्यासभिलका स्याम सर्जभन्दा तीन गोलले अघि राखेको छ। नियमित सिजनमा अब एक मात्र खेल बाँकी छ।

मेसीको यस सिजनमा कुल ४४ गोल योगदान (२६ गोल र १८ असिस्ट) पुगेको छ, जुन मेजर लिग सकर लिग (एमएलएस) इतिहासमा दोस्रो सर्वाधिक हो। यसअघि २०१९ मा एलएएफसीका कार्लोस भेलाले ४९ योगदान (३४ गोल र १५ असिस्ट) गर्दै रेकर्ड बनाएका थिए।

इन्टर मियामीका गोलकिपर रोको रियस नोभोले तीन बचाउ गर्दै यस सिजनको तेस्रो क्लिन सिट कायम गरे। यस जितपछि इन्टर मियामी र एफसी सिनसिनाटी दुवैको अंक संख्या ६२ पुगेको छ, जसले पूर्वी सम्मेलनको दोस्रो स्थानका लागि प्रतिस्पर्धा अझ रोचक बनाएको छ।

मियामीले अब नियमित सिजनको अन्तिम खेल न्यासभिल एससीविरुद्ध खेल्नेछ। एटलान्टा युनाइटेडले डी.सी. युनाइटेडसँगको खेलमार्फत पूर्वी सम्मेलनको पुछारबाट माथि उठ्ने प्रयास गर्नेछ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भिनिसियस र मेसीलाई पनि पछाडि पार्दै फेरि शीर्ष स्थानमा रोनाल्डो

भिनिसियस र मेसीलाई पनि पछाडि पार्दै फेरि शीर्ष स्थानमा रोनाल्डो

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

Bajaj Pulsar Motorcycle Ad
नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

भिनिसियस र मेसीलाई पनि पछाडि पार्दै फेरि शीर्ष स्थानमा रोनाल्डो

भिनिसियस र मेसीलाई पनि पछाडि पार्दै फेरि शीर्ष स्थानमा रोनाल्डो

हसी भन्छन्- पहिले नै डेब्यू गरेको भए सचिनलाई पनि उछिन्थें

हसी भन्छन्- पहिले नै डेब्यू गरेको भए सचिनलाई पनि उछिन्थें

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

कामना लगातार तीन खेलमा ‘प्लेयर अफ द म्याच’, नैफारू सेमिफाइनलनजिक

कामना लगातार तीन खेलमा ‘प्लेयर अफ द म्याच’, नैफारू सेमिफाइनलनजिक

फेरि चल्यो हालान्डको गोल मसिन !

फेरि चल्यो हालान्डको गोल मसिन !