बिहिबार, कार्तिक ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

९ क्लबले भने- फुटबलमा दीर्घकालीन सुधार गर्दिनुस्

शनिबार, असोज २५, २०८२Admin User
९ क्लबले भने- फुटबलमा दीर्घकालीन सुधार गर्दिनुस्
Classic Tech Internet Ad

काठमाडौं। नेपाली क्लब फुटबलमा दीर्घकालीन सुधारको माग गर्दै शीर्ष डिभिजनका ९ क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि संस्थागत दबाब दिएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रस्तावित ‘होम एन्ड अवे’ लिगको मोडलबारे छलफल गर्न आइतबार बोलाएको बैठकको अघिल्लो दिन शनिबार उनीहरूले पत्रकार सम्मेलन गर्दै लिगको संरचना, व्यवस्थापन र पारदर्शितामा आमूल सुधारको माग राखेका छन्।

नेपाली फुटबलमा पछिल्ला केही वर्षदेखि चलिरहेको अव्यवस्थित लिग प्रणाली, पूर्वाधारको अभाव, आर्थिक अपारदर्शिता र नियमनको कमजोरीप्रति असन्तुष्टि जनाउँदै क्लबहरूले अब सुधारको नेतृत्व गर्न तयार भएको सन्देश दिएका छन्।

पत्रकार सम्मेलनमा उनीहरूले फुटबल लिगलाई निष्पक्ष, व्यवस्थित र दीर्घकालीन मोडेलमा सञ्चालन गर्न स्वतन्त्र लिग समिति गठन गर्नुपर्ने माग राखेका छन्। यस्तो समितिलाई आर्थिक, कानुनी र प्रशासनिक स्वतन्त्रता दिई एसियन फुटबल कन्फेडरेसन (एएफसी) सँगको समन्वयमा लिगको सम्पूर्ण जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।

‘होम एन्ड अवे’ प्रणालीबारे स्पष्ट कानुनी र संरचनात्मक व्यवस्था नभएसम्म लिग सञ्चालनमा जानु जोखिमपूर्ण हुने उनीहरूको भनाइ छ। घरेलु मैदानको अधिग्रहण, पूर्वाधार विकास र लिग सञ्चालनको खर्चमा एन्फाको सहयोग अनिवार्य हुने भन्दै उनीहरूले कम्तिमा १० वर्षका लागि घरेलु मैदानको कानुनी अधिकार सुनिश्चित गर्न माग गरेका छन्।

यसका साथै, क्लबहरूले लिगमा सहभागिता जनाउने टोलीहरूलाई ‘टिम लजिस्टिक’ र खेल सञ्चालन खर्च उपलब्ध गराउनुपर्ने माग पनि गरेका छन्।

क्लबहरूको विज्ञप्तिमा म्याच फिक्सिङ र सट्टेबाजी नियन्त्रणका लागि राज्यको तर्फबाट कानुनी संयन्त्र गठन गर्नुपर्ने माग उल्लेख गरिएको छ। फुटबलको निष्पक्षता र विश्वसनीयता कायम राख्न अब यस विषयमा केवल अनुशासनात्मक कारबाही भन्दा बढी, कानुनी दायराभित्र ल्याएर सम्बोधन गर्नुपर्ने आवश्यकता क्लबहरूले औंल्याएका छन्।

यस्तै, एएफसी क्लब लाइसेन्स मापदण्डको पालना गर्न सबै १४ क्लबलाई समान अवसरसहितको वातावरण बनाउन एन्फालाई आग्रह गरिएको छ। लिग सुरु हुनुअघि नै प्रत्येक क्लबले आवश्यक पूर्व शर्तहरू पूरा गर्न सक्ने संरचनात्मक र प्राविधिक समर्थन उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।

यसपटक क्लबहरू केवल असन्तुष्टि पोख्न नभई ठोस एजेन्डा र समाधानका प्रस्तावसहित आएका छन्। उनीहरूले लिगको मोडल तथा नियमावली तयार गर्दा सहभागी सबै टोलीसँग परामर्श गरेर मात्र अन्तिम निर्णय लिनुपर्नेमा पनि जोड दिएका छन्। शनिबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा एनआरटी, फ्रेन्ड्स क्लब, श्री भगवती क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मस्र्याङ्दी क्लब, सातदोबाटो युथ क्लब, संकटा क्लब र मछिन्द्र क्लबका प्रतिनिधिहरूको उपस्थिति थियो।

यो पहल नेपाली क्लब फुटबलमा सुधारको संस्थागत आन्दोलनको सुरुवातका रूपमा हेरिएको छ। क्लबहरू बीचको यो सहकार्य र साझा आवाजले एन्फालाई लिग व्यवस्थापनमा जवाफदेही र पारदर्शी बन्न बाध्य पार्न सक्छ। अब ध्यानको केन्द्रबिन्दु भनेको एन्फाले आइतबारको बैठकमा क्लबहरूको मागलाई कति गम्भीरताका साथ लिन्छ भन्ने हुनेछ। यदि मागहरूलाई सम्बोधन नगरिए, क्लबहरूको यो ऐक्यबद्धता भविष्यमा अझ ठूलो संस्थागत दबाबमा रूपान्तरण हुन सक्ने सम्भावना प्रबल देखिन्छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भिनिसियस र मेसीलाई पनि पछाडि पार्दै फेरि शीर्ष स्थानमा रोनाल्डो

भिनिसियस र मेसीलाई पनि पछाडि पार्दै फेरि शीर्ष स्थानमा रोनाल्डो

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

Bajaj Pulsar Motorcycle Ad
नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

भिनिसियस र मेसीलाई पनि पछाडि पार्दै फेरि शीर्ष स्थानमा रोनाल्डो

भिनिसियस र मेसीलाई पनि पछाडि पार्दै फेरि शीर्ष स्थानमा रोनाल्डो

हसी भन्छन्- पहिले नै डेब्यू गरेको भए सचिनलाई पनि उछिन्थें

हसी भन्छन्- पहिले नै डेब्यू गरेको भए सचिनलाई पनि उछिन्थें

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

कामना लगातार तीन खेलमा ‘प्लेयर अफ द म्याच’, नैफारू सेमिफाइनलनजिक

कामना लगातार तीन खेलमा ‘प्लेयर अफ द म्याच’, नैफारू सेमिफाइनलनजिक

फेरि चल्यो हालान्डको गोल मसिन !

फेरि चल्यो हालान्डको गोल मसिन !