बिहिबार, कार्तिक ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

एन्सेलोटीको बार्षिक तलब १ अर्ब ६४ करोड रुपैयाँ !

शनिबार, असोज २५, २०८२Admin User
एन्सेलोटीको बार्षिक तलब १ अर्ब ६४ करोड  रुपैयाँ !
Classic Tech Internet Ad

काठमाडौं। फुटबल इतिहासको सबैभन्दा सफल टिम ब्राजिल अहिले नयाँ युगतर्फ उन्मुख छ। पाँचपटकको विश्वकप विजेता यो टिम २००२ यता पुनः विश्व फुटबलको शिखर चुम्न सकेको छैन।

पछिल्ला दुई विश्वकपमा त ब्राजिलको यात्रा क्वार्टरफाइनलमै टुंगिएको थियो। यही बाधा तोड्नका लागि ब्राजिलले यतिबेला फुटबलका सबैभन्दा सफल प्रशिक्षकमध्ये एक, इटालियन कार्लो एन्सेलोटीलाई टिम जिम्मा दिएको छ।

एन्सेलोटीले सन् २०२५ को मे महिनामा ब्राजिलको मुख्य प्रशिक्षकको रूपमा काम थालनी गरेका हुन्। लामो समयसम्म क्लब फुटबलमा प्रशिक्षण गरेका उनले एसी मिलान र रियल मड्रिडसँग गरी पाँचवटा युरोपियन च्याम्पियन्स लिग जितेका छन्। जुन कीर्तिमान कुनै पनि प्रशिक्षकले अहिलेसम्म दोहोर्‍याउन सकेका छैनन्।

उनको आगमनसँगै ब्राजिल टिममा सकारात्मक परिवर्तनको संकेत देखिन थालेको छ। हालै सम्पन्न खेलमा ब्राजिलले दक्षिण कोरियालाई ५-० ले हराएर आत्मविश्वासिलो प्रदर्शन गरेको छ। एन्सेलोटीको नेतृत्वमा ब्राजिलले हालसम्म ४ खेल खेलेको छ, जसमा २ जित, १ बराबरी र १ हार रहेको छ।

यति धेरै उपलब्धि बोकेका प्रशिक्षकलाई ब्राजिल फुटबल महासंघले दिएको तलब पनि असाधारण छ। ब्राजिलियन सञ्चारमाध्यम ग्लोबोका अनुसार एन्सेलोटीको वार्षिक तलब १० मिलियन युरो छ, जसमा बोनस छुट्टै रहेको बताइएको छ।

यो रकम नेपाली रुपैयाँमा झण्डै १ अर्ब ६४ करोड ४८ लाख (शनिबारको विनियमय दर १६४.४८ लाई मान्दा) बराबर हो। एन्सेलोटी यसरी हाल विश्व फुटबलमा सबैभन्दा धेरै तलब पाउने राष्ट्रिय टिम प्रशिक्षक बनेका छन्। दोस्रो स्थानमा छन्, इङ्ल्यान्डका प्रशिक्षक थोमस टुचेल।

उनको वार्षिक तलब ५.९ मिलियन युरो छ। जर्मनीका प्रशिक्षक जुलियन नागेल्सम्यान तेस्रो स्थानमा छन्। उनले ५ मिलियन युरो तलब बुझ्छन्। यो सूचीमा विशेष कुरा के छ भने पछिल्लो विश्वकप विजेता अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कालोनी यस सूचीको दशौं स्थानमा छन्।

उनको वार्षिक तलब २.३ मिलियन युरो मात्र छ। अन्य उल्लेखनीय नाममा फ्रान्सका डिडिएर डेसच्याम्प, पोर्चुगलका रोबर्टो मार्टिनेज, उरुग्वेका मार्सेलो बिएल्सा, नेदरल्यान्ड्सका रोनाल्ड कोम्यान र पाराग्वेका गुस्ताभो अल्फारो छन्।

क्लब फुटबलबाट राष्ट्रिय टिमको यात्रामा प्रवेश गरेका एन्सेलोटीमाथि ब्राजिललाई पुनः विश्व फुटबलको शिखरमा पुर्‍याउने जिम्मेवारी छ। अब हेर्न बाँकी छ सर्वाधिक तलब पाएका यी मास्टरमाइन्डले ब्राजिललाई फेरि च्याम्पियन बनाउन सक्छन् कि सक्दैनन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भिनिसियस र मेसीलाई पनि पछाडि पार्दै फेरि शीर्ष स्थानमा रोनाल्डो

भिनिसियस र मेसीलाई पनि पछाडि पार्दै फेरि शीर्ष स्थानमा रोनाल्डो

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

Bajaj Pulsar Motorcycle Ad
नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

भिनिसियस र मेसीलाई पनि पछाडि पार्दै फेरि शीर्ष स्थानमा रोनाल्डो

भिनिसियस र मेसीलाई पनि पछाडि पार्दै फेरि शीर्ष स्थानमा रोनाल्डो

हसी भन्छन्- पहिले नै डेब्यू गरेको भए सचिनलाई पनि उछिन्थें

हसी भन्छन्- पहिले नै डेब्यू गरेको भए सचिनलाई पनि उछिन्थें

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

कामना लगातार तीन खेलमा ‘प्लेयर अफ द म्याच’, नैफारू सेमिफाइनलनजिक

कामना लगातार तीन खेलमा ‘प्लेयर अफ द म्याच’, नैफारू सेमिफाइनलनजिक

फेरि चल्यो हालान्डको गोल मसिन !

फेरि चल्यो हालान्डको गोल मसिन !