जिरुडको कीर्तिमान पछ्याउँदै एमबाप्पे

काठमाडौं। कप्तान किलियन एमबाप्पेको प्रेरणादायी प्रदर्शनमा अजरबैजानलाई ३–० ले हराउँदै फ्रान्सले २०२६ को फिफा विश्वकप नजिकको यात्रा तय गरेको छ।
यस जितसँगै एमबाप्पे फ्रान्सका सबैभन्दा सफल स्कोरर ओलिभिए जिरूडको रेकर्ड नजिक पुगेका छन्। शनिबार पेरिसमा सम्पन्न युरोपियन छनोटको समूह ‘डी’अन्तर्गतको खेलमा एमबाप्पेले पहिलो हाफको अतिरिक्त समयमा फ्रान्सलाई अग्रता दिलाए।
यो गोलसँगै उनले क्लब र राष्ट्रिय टोली समेटेर लगातार १० खेलमा गोल गरेका छन्। राष्ट्रिय टोलीका लागि यो उनको ५३औं गोल हो। अब जिरूडको ५७ गोलको कीर्तिमान तोड्न ४ गोल मात्र बाँकी छ।
फ्रान्सका लागि विश्वकप जितिसकेका जिरूड टोलीमा छैनन्। तर, उनको छायाँ अझै फ्रेन्च टोलीमाथि छ। एमबाप्पेजस्तै युवा प्रतिभाले उनको कीर्तिमान पछ्याउनु फ्रान्सको आक्रामक भविष्यको संकेत पनि हो।
खेलमा एमबाप्पेले आफ्नो कप्तानी शैलीले मात्र होइन, दोस्रो गोलमा पनि भूमिका खेले। उनले आद्रिओ राबियोटलाई हेडरमार्फत गोल गर्न सहयोग गरे। तर, ८३औं मिनेटमा उनले चोट अनुभव गर्दै मैदान छाडे।
उनको स्थानमा आएका फ्लोरियन टोभाँ ६ वर्षपछि टोलीमा फर्किएर एक मिनेटमै गोल गर्दै स्कोरलाइन ३–० बनाए। तीन खेलमा तीन जितसहित ९ अंकमा रहेको फ्रान्स समूहको शीर्ष स्थानमा छ।








-1765077380744.webp&w=3840&q=75)




-1765118145135.jpg&w=3840&q=75)


