काठमाडौं । विभागीय टिम एपीएफकी सरस्वती चौधरी ढोरपाटन महिला डबल लिग भलिबलमा सर्वोकृष्ट खेलाडी घोषित भएकी छिन् ।
प्रतियोगितामा सर्वोकृष्ट खेलाडी घोषित हुदै सरस्वतीले स्कुटर उपाधि जितेकी छिन् । पछिल्लो समय घरेलु भलिबलमा उत्कृष्ट प्रर्दशन गर्दै आएकी सरस्वतीले ढोरपाटनमा समेत उत्कृष्टताको होडमा बाजी मारेकी हुन् ।
स्कुटर प्राप्त गर्ने पुरस्कारमा आर्मीकी शान्ति थारु उदयीमान खेलाडी घोषित भईन् । पश्चिमाञ्चलकी अरुणा शाही बर्ष खेलाडी घोषित हुदाँ पुलिसकी कोपिला राना प्लेयर अफ दी सिरिज चुनिईन् । उत्कृष्ट सबैले स्कुटर प्राप्त गरे ।
दर्शकलाई समेत स्कुटर दिने प्रतियोगितामा गोरखाका भीमप्रसाद देवकोटा भाग्यमानी ठहरिए । नियमित दर्शक भन्दै आयोजकले उनलाई एक थान स्कुटर प्रदान गर्यो ।
काठमाडौंमा १४ दिन सम्म चलेको प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफले जितेको थियो ।