काठमाडौं । विभागीय टिम एपीएफले ढोरपाटन महिला डबल लिग भलिबलको उपाधि जितेको छ । अन्तिम खेलमा पुलिसलाई पराजित गर्दै एपीएफले उपाधि उचालेको हो ।
प्रतियोगितामा अपराजित रहँदै एपीएफले १४ खेलबाट ४२ अंक जोड्यो । दोस्रो स्थानमा रहेको पुलिसले ३४ अंक जोड्यो । उपाधिसंगै एपीएफले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता पुलिसले २ लाख रुपैयाँ प्राप्त गर्यो ।
आईतबार भएको अन्तिम खेलमा एपीएफले पुलिसलाई ३–१ को सेटमा हरायो । पहिलो सेट २५–१८ र दोस्रो सेट २५–२० ले जितेको एपीएफले तेस्रो सेट २५–१९ ले गुमाएको थियो । तेस्रो सेट एपीएफले २५–१५ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
विधागततर्फको पुरस्कारमा पुलिस क्लबको बर्चस्व रहन पुग्यो । पुलिसकी उषा भण्डारी उत्कृष्ट स्पाईकर घोषित हुदाँ शान्ति तामाङ उत्कृष्ट लिब्रो घोषित भईन् । पुलिसकै कमला पुन उत्कृष्ट सेटर चुनिईन् ।
आर्मीकी सोफिया पुन उत्कृष्ट ब्लकर घोषित हुदाँ सुनिता खड्का उत्कृष्ट क्विकर चुनिईन् । एपीएफकी नेबिका चौधरी उत्कृष्ट सर्बर घोषित भईन् । विधागत तर्फका सबैले जनही ६ हजार रुपैयाँ प्राप्त गरे ।