यु–२३ एसियन कप छनोट अघि नेपालले कुनै मैत्रीपूर्ण खेल नखेल्ने !

काठमाडौं। नेपालले एएफसी यु–२३ एसियन कप छनोट अघि कुनै मैत्रीपूर्ण खेल नखेल्ने भएको छ।
एसियन फुटबल महासंघ (एएफसी)ले गरेको समूह विभाजनमा नेपाल समूह ‘के’ मा छ। यो समूहमा ताजकिस्तान, सिरिया र फिलिसिन्स छन्।
तर, वरीयतामा आफूभन्दा माथि रहेका टोली भए पनि नेपाल सामान्य अभ्यासकै भरमा छनोट खेल्न ताजकिस्तान जाने भएको हो।
यु–२३ टोलीमा भएका अधिकांश खेलाडी सिनियर टोलीमा रहेका कारण छुट्टै मैत्रीपूर्ण खेलबिनै उज्बेकिस्तान जाने अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहले खेलपाटीलाई बताए।
यस छनोट प्रतियोगितामा ४४ वटा यु–२३ राष्ट्रिय टोली सहभागी हुनेछन्। ती टोलीलाई ११ समूहमा विभाजन गरिएको छ। छनोट चरणका खेल सेप्टेम्बर १ देखि ९ सम्म सञ्चालन हुनेछन्।
प्रत्येक समूहको शीर्ष टोली र चार उत्कृष्ट उपविजेता टोलीले २०२६ मा साउदी अरबमा आयोजना हुने प्रतियोगितामा स्थान बनाउनेछन्। आयोजक राष्ट्र साउदी भने सिधै छनोट भइसकेको छ।








-1763024272658.jpeg&w=3840&q=75)




-1762997834781.jpeg&w=3840&q=75)